खाडीमा घरेलु महिला कामदार नपठाउने घोषणा

दुवई- घरेलु कामदार पठाउने देशहरु मध्येको एक इण्डोनेशियाले युएई लगायत कुनै पनि खाडीका देशमा घरेलु महिला कामदार नपठाउने भएको छ ।

युएईमा रहेको इण्डोनेशिली दुतावासले यस्तो जानकारी दिएको हो । इण्डोनेशियामा हालै नयाँ राष्ट्रपति निर्वाचित भएपछि दुतावासले यस्तो जानकारी गराएको गल्फ न्यूजले लेखेको छ । हाल युएईमा ९० हजार भन्दा बढी इण्डोनेशियाली कामदार रहेको अनुमान छ ।

यो स्वाभिमानको विषय भएको दुतावासले जनाएको छ । गत फेब्रुअरी १४ तारिखका दिन राष्ट्रपति जोकोले आफ्नो देशको श्रम विभागलाई धेरै घरेलु महिला कामदार नपठाउने योजना बनाउन निर्देशन दिएका थिए ।

मैले मन्त्रीलाई पनि यसका बारेमा प्रष्ट मार्गचित्र तयार पार्न भनिसेको छु जसले विदेशमा घरेलु काममा इण्डोनेशियाली महिलालाई लैजान निरुत्साहित गरोस् किनकी यो हाम्रो स्वाभिमानको विषय पनि हो जोकोको भनाईलाई उधृत गर्दै अन्तरा न्यूजले समाचार लेखेको थियो ।

युएई र अन्य खाडीका मुलुकमा घरेलु कामदार महिलाको मुख्य श्रोत मुलुक मध्येमा इण्डोनेशिया पनि एक हो । हालै राष्ट्रपनि जोकोले मलेसिया, ब्रुनई र फिलिपिन्साके भ्रमण गरेका थिए जहाँ धेरै इण्डोनेशियालीहरु कार्यरत छन् । त्यसमध्ये धेरैजसो अवैधानिक रहेका छन् ।

आइएलओका अनुसार जव सन् १९७० पछि खाडीका मुलुकमा तेल र ग्याँसको खानी भेटियो र यहाँको अर्थतन्त्र उकालो लाग्यो त्यसपछि आप्रवासी कामदार आउने क्रम पनि बढेको हो ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय