इन्दिरा जोशीको बेली डान्स कोरियामा

सउल- गायिका इन्दिरा जोशीको प्रस्तुतीसँगै सउलमा फेब्रअरी १८ र १९ तारिकमा नेपाली धमाका साँझको आयोजना गरिएको छ । बेलुकी ८ बजेबाट शुरु हुने कार्यक्रममा दर्शकहरुलाई नचाउन गायिका इन्दिरा जोशीसँगै गायक गिरिश खतिवडा, डिजे शिशिर थापा मगर र हट डान्सर परिना राई कोरिया आउने छन् । पहिलो दिन फेब्रअरी १८ तारिक ट्रेन लाईन नं ५ को दापसिप्नी स्टेसन गेट नं ४ नजिकै कार्यक्रमको आयोजना गरिएको छ भने दोश्रो दिन उल्जिरो ओगा स्थित न्यू छोन्जी होटलमा कार्यक्रमको आयोजना गरिएको छ । २० हजार वन प्रवेश शुल्क राखिएको उक्त धमाकामा बेलुकी ८ बजे देखि विहान ५ बजेसम्म कार्यक्रम चल्नेछ । कार्यक्रमलाई टवकमले प्रायोजन गरेको छ ।  सलनालको लामो विदाको यस कार्यक्रममा कोरिया रहेका नेपालीहरुले नेपाली नाइट धमाकाको भरपुर मनोरोन्जन लिन सक्नेछन् ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय