सउल- दक्षिण कोरियामा कार्यरत आप्रवाशी महिला कामदारहरु दिन–प्रतिदिन यौनहिंशाको सिकार बनिरहेको एक प्रतिवेदनले जनाएको छ । कृर्षि, पशुपालन तथा उत्पादन क्षेत्रमा कार्यरत १०.७ प्रतिशत प्रवाशी महिलाहरु यौनजन्य हिंशामा पर्ने गरेका सांसद लि जस्मिनको कार्यलयले जनाएको छ । जसमा ३५.५ प्रतिशत बलत्कार सिकार भएको, ३५.५ प्रतिशत संवेदनशिल अंग छुवाइको, २९ प्रतिशतलाई मधिरापन सेवन गराई शारिरिक तथा मानसिक तनाब दिइएको उल्येख छ । सर्वेक्षणमध्य जसमा ८८.९ प्रतिशत महिलाहरुले कम्पनी संचालक तथा व्यवस्थापकबाट पीडित भएको बताएका थिए भने १६.७ प्रतिशत महिलाहरुले आफ्नै देशका सहक्रर्मीबाट पीडित हुने गरेको बताएका थिए । त्यस्तै १२.९ प्रतिशतलाई पैसाको प्रलोभनमा शारिरिक सम्वन्ध गर्न लगाईएको उल्येख छ । कोरियामा कार्यरत आप्रवाशी महिलाहरुमाथि भएको यौनहिंशालाई निरुत्साहित गरी लैङिगत समानता कायम गर्न परिवार मन्त्रालयले कदम चाल्नुपर्ने सांसद लिले बताएकी छन् । ‘दक्षिण कोरियाको राजधानी सोलबाट ५० किमीमा रहेको एक कृर्षि फाममा दुई जना नेपाली महिलाहरु कार्यरत छन् । एक वर्षको अन्तरालमा उक्त फममा काम गर्न गएका उनिहरु फम संचालकद्धारा पटक–पटक दुव्यवहारको सिकार हुने गरेको बताए । परिचय उल्येख नगर्ने सर्तमा उनिहरुले भने ‘साहुले पटक–पटक लात्ताले पछाडि संवेदनशील अंगमा हिर्काउछ । सौचालय जादा र पानी खादा पनि सिसि क्यामाराबाट हेर्छ र गाली नगरेको दिन हुन्न ।’ उनिहरु न्यूनतम ज्यालामा दैनिक १० घण्टा लगातार महिनामा २८ दिन काम गर्ने गरेको बताए । मालिक विभिन्न वहानमा रातीको समयमा कोठामा आउन खोजेको पनि उनिहरुले फोनमा सुनाए । त्यस्तै, श्रम तथा रोजगार मन्त्रालयले प्रवाशी कामदारमा भाषाको समस्याका कारण यौनिक हिंशामा पर्ने गरेकोले अंग्रेजी भाषामा लेखिएको सूचनामुलक पत्र बाढ्ने तयारी गरेको जनाइएको छ । राष्ट्रिय मानवअधिकार आयोग कोरियाले केही समय पहिला सार्वजनिक गरेको प्रतिवेदनमा पनि पुरुष कामदारको तुलनमा महिला कामदारहरु दमित, शोषित र अपहेलित हुने गरेको जनाएको थियो । जसमा ३०.८ प्रतिशत महिला कामदारहरु यौन उत्पिडन तथा बलत्कारमा पर्ने गरेको उल्येख थियो । कोरियामा आप्रवाशी महिलाहरु अन्य क्षेत्रको दाँजोमा खासगरी कृर्षि क्षेत्रमा बढि छन् । ‘फिनेल हाउस’ मा उत्पादन हुने विभिन्न तरकारीका परिकारहरु सान्छु, मुला, बुछु, बन्दा, काउली, गोलभेडा, प्याज, स्टवेरी, च्याउँ, भटमासको जरा, फूल आदिमा कार्यरत छन् । ‘हामी पुरुष समान काम गर्नुपर्छ तर पारिश्रमिकमा पनि ठूलो विभेद छ ।’ छनानस्थित सागको परिकार ‘सान्छु’ मा कार्यरत एक महिलाले नाम नलेख्ने सर्तमा भनिन् । ‘महिलाहरु जहाँ गएपनि अन्याय र अत्याचारमा छन् ।’ त्यस्तै विवाह गरेर कोरिया आउने अधिकांश महिलाहरु पनि घरेलु हिंशामा परेका अघिल्लो वर्ष प्रकाशन भएको एक तथ्याङ्ले जनाएको थियो । तर संस्कृति खेलकुद तथा पर्यटन मन्त्रालयका लागि कोरिया रिर्सचले गरेको एक सर्वेक्षणमा कोरियन समाजमा मुलवासीमा लैंगिक समानता रहेको प्रकाशमा ल्याएको थियो ।
नेपाल कोरिया डटकमबाट