धरौटी तिर्न नसकेर साउदीको जेलमा
जनकपुरधाम : साउदी अरेबियामा काम गर्दागर्दै सवारी दुर्घटना प्रकरणमा परी एक वर्षदेखि एक नेपाली युवा धरौटी बुझाउन नसक्दा कारागारमै सड्न बाध्य छन् ।
धरौटी रकम बुझाउन नसकेकैले पुष्पवलपुर-१ रतनपुरका सञ्जीव यादव साउदी अरेबियाको केन्द्रीय कारागार अलहासामा बस्न बाध्य भएका हुन् ।
पीडितका साथी सञ्जयकुमार यादवका अनुसार गत साता त्यहाँको अदालतले सवारी दुर्घटनामा परी भारतीय साहिद मोहम्मदिनको मृत्यु भएपछि निजको परिवारलार्इ बुझाउनुपर्ने धरौटी रकम बुझाउन नसक्दा गाडी चालक रहेका सञ्जीव कारागारमा यातना भोग्न बाध्य भएका हुन् ।
नेपालको डायना ओभरसिज म्यानपावर कुपन्डोलबाट तीन वर्षअघि अरेबियाको ‘मोहम्मद–हल–मोबारक’ कम्पनीमा गएका सञ्जीवले चलाएको गाडी दुर्घटनामा पर्दा भारतीय साहिदको मृत्यु भएको थियो ।
अदालतको निर्णयअनुसार सञ्जीवले सवारी दुर्घटनामा मृत्यु भएका परिवारलाई क्षतिपूर्तिबापत करिब ९७ हजार रियाल अर्थात् नेपाली करिब २८ लाख धरौटी बुझाउनुपर्ने छ ।
सञ्जयले सञ्जीवको आर्थिक अवस्था अत्यन्तै कमजोर रहेकाले सो रकम पीडित पक्षलाई बुझाउन सक्ने अवस्था छ । उनले सरकार र अन्य निकायलाई उनलाई कारागारमुक्त गराउन पहलका लागि आग्रह गरे ।
रासस

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Custom Fields: