गाउँमा जव पसे गाइने परदेशीका गीत लिएर …………….

रामेछाप २८ माघ- रामेछापका १८ गाविसमा गाइनेले सुरक्षित आप्रवासन सम्वन्धि जनचेतनामूलक गीत गाएका छन् ।

सुरक्षित आप्रवासन परियोजना (सामी) को आर्थिक सहयोग तथा सामुदायिक विकास समाज गोल्माटारको समन्वयमा यो कार्यक्रम गरिएको हो ।

रामेछापवाट वैदेशिक रोजगारीको लागि विभिन्न देशमा काम गर्न गएका गाउँ विकास समितिहरु पहिचान गरी ति गाविसका बस्ती र वजारकेन्द्रहरुमा पुगेर भोजपुरे गाइनेहरुले सुरक्षित आप्रवासन सम्वन्धि सन्देशमुलक गीतहरु गाउने गरेको सामुदायिक जनशक्ति विकास कार्यक्रम गोल्माटारका कार्यक्रम संयोजक रोशन पाख्रिनले जानकारी दिए ।

उनले भने– वैदेशिक रोजगारीमा जाने सिलसिलामा धेरै नेपालीहरु ठगीने, भाषाको ज्ञान नहुने, धर्म, रितीरिवाज सम्वन्धि जानकारी नहुने गरेका कारण गीत मार्फत त्यस्तो जानकारी लिएर मात्र जान प्ररित गरिन्छ । यसैगरी काम गरे वापत मासिक पारिश्रमिकको यकिन नहुने, विभिन्न देशमा जान लाग्ने रकमको जानकारी नहुने जस्ता समस्यालाई पनि गीतको विषय बनाइएको छ ।

कतिपय त जुन कामको बाचा गरी मेनपावरले पठाएको हो त्यसको तालिम नलिइ वा गन्तव्य मुलुकमा पुगेर सो काम नपाइने तथा विदेशमा सामान्य कुरा थाहा नपाएका कारण ज्यानै जाने घटना हुने भएकाले गीतमा त्यसबारेमा पनि चेतना भएको पाख्रिन बताउँछन् ।

Gaine 2गत पुस १० गतेवाट शुरु गरिएको उक्त चेतना सन्देशमुलक गीत रामेछाप, ओख्रेनी, रामपुर, हिमगंगा, साँघुटार, विजुलीकोट, नागदह, तिल्पु, खिम्ती, फुलासी, डडुवा, खनियापानी, माकादुम, मन्थली, सुनारपानी र सालु गरी १८ गाविसमा सम्पन्न भइसकेको छ ।

पछिल्लो झण्डै डेढ दशकयता नेपाली रोजगारीका लागि खाडीका देश र मलेसिया जाने क्रम निक्कै बढेपनि तालीम लिएर जानेको संख्या भनें थोरै छ । त्यसैले समेकसम्म स्वदेशमै रोजगारीको अवशर खोज्न र विदेश जाने भएमा पनि तालिम लिएर मात्र जान गाउँ गाउँमा चेतनामूलक कार्यक्रम हुँदै आएका छन् ।

यसका लागि पछिल्लो केहि समययता रामेछापको सदरमुकाम मन्थलीमा सुरक्षित आप्रवासन परामर्श केन्द्र समेत स्थापना गरिएको छ भनें जिल्ला प्रशासन कार्यालयमा राहादानी वनाउन आउने र सिफारिस लिन आउनेहरुलाई सवै देशको वारेमा सहि सुचना प्रदान गर्ने काम गर्दै आएको आयोजक संस्था सामुदायिक जनशक्ती विकास कार्यक्रम गोल्माटारले जनाएको छ ।

Gaine 3

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय