
आनन्द कोइराला, जापान- काम जति उत्ति नै पैसा पाईने जापानमा विद्यार्थीलाई एक दिनमा २४ घण्टा कम लाग्छ । पढाई र कामलाई बराबरी समय दिने हो भने विद्यार्थीलाई कमाई हुने मुलुकमा पर्छ जापान । तर समयको उचित व्यवस्थापन गर्न सकेमा मात्र।
दुई वर्ष अगाडि जापान आएका विवेक भण्डारी भाषा अध्ययन सकाएर आफु पढेकै स्कुलमा काम गर्छन् । नयाँ आएका विद्यार्थीलाई परामर्श र सहयोग गर्ने उनी जापान आए लगत्तै पैसा बढि कमाउन सकिन्छ भन्ने सोच बोकेर नया विद्यार्थीहरु आउने गरेको उनको अनुभव छ ।
उनी भन्छन् “आउने वित्तिकै कामको वढि सोधिखोजि गर्छन् ।” पैसा कमाउने मात्र लक्ष्य गलत भएको दावी गर्दै उनले भाषा अध्ययन नगरी करियर सोच्न गाहृो हुने बताए । “पढ्न सकिएन र कमाउन पनि सकिएन” भन्दै आउनेहरु बसाईको ६ महिना पछि भने फरक अनुभव पाएको भण्डारीले बताए ।
भाषा अध्ययन सकेर जस्तोसुकै काम र पढाईको अवसर भएको जापानमा मासिक, पाक्षिक र साप्ताहिक र दैनिक गरी थुप्रै रोजगारीमुलक पत्रिका सित्तैमा वितरण हुन्छ । तर राम्रोसंग सुचना पढ्न नसक्दा धेरै अवसरबाट वन्चित हुनु परेको भण्डारी बताउछन् ।
नेपालमा २ घण्टा समेत काम गरेको अनुभव नभएकोहरुले जापानमा दैनिक ८।१० घण्टा लगातार पानीको भरमा खट्नु पर्दा गाहृो हुने दाङका सोभानसिंह खड्का बताउछन् । पुर्व तयारी विना पैसा सोचेर जापान आएकाहरुले धेरै दुख झेल्नु परेको उनको अनुभव छ । दश वर्ष अघि जापान आएका खड्का जापानको एक प्रतिष्ठित कम्पनीमा पुर्णकालिन जागिर खान्छन् । भन्छन् “भाषा जान्नेले काम छानी छानी पाएका छन् तर यहाको मौसम र प्रकियालाई आत्मसाथ गर्न‘ आवश्यक हुन्छ ।”
जापान प्रवेश गर्न पुर्व कम्तीमा ६ महिना नेपालमै राम्रो भाषाको अध्ययन गरेकाहरु थोरै समयमा प्रगती गर्ने दावी गर्छन् शैक्षिक परार्मशदाता धिरज कुमार कार्की । जापान पुगेर कमाउन आएको हु भन्नेले न कमाउन सक्छन् न पढन नै । उनको भोगाईमा शुरुको ३।६ महिना भाषा नपढि नहुने र पढेपछि काममा जादा आत्मसन्तुष्टि मिल्ने उनको तर्क छ । काम गरेर पैसा कमाउने भए पढाई पनि संगसंगै लैजान जरुरी हुुने कार्की थप्छन् ।
यता सिन्धुपाल्चोकका हरेन्द्र सिक्देल ऋण काढेर आएकोले ऋण चुक्त्ता नभईनजेलसम्म पढाईमा ध्यान दिन नसकेको बताउँछन् । एक समय पढ्ने र विहान देखि बेलुकीसम्म काम गर्ने हो भने धेरै सहज छ भन्दै उनी भन्छन् भन्छन् “काम गर्नेलाई खाचो छैन तर उपयुत्तm काम धेरैको लक्ष्य हुन्छ ।”
ललितपुरका सनम महर्जन २ वर्षको भाषा अध्ययन सकेर पुन भाषा स्कुलमै भर्ना भएका छन् । “पैसा कमाउन त भाषा स्कुलमै हो । ” महर्जन थप्छन् भाषा राम्रो नभएसम्म अरु किन पढ्ने ? महर्जनको भोगाईमा पाएको धेरै अवसरहरु पनि भाषा राम्रो नभएको कारणले गुमाउनु परेको छ । उच्च शिक्षा सगैं पैसा कमाउने उदेश्य बोकेर आएका विद्यार्थीहरुको आफ्नो दैनिकी बदलिन्छ । दैनिक कामले गर्दा पढाइ विर्सिने बताउछन् उनी ।
जापानमा मासिक २ लाख देखि ३ लाखसम्म कमाउन सकिन्छ । तर आधारभुत भाषाको ज्ञान रहनसहन बुझ्नु अनिर्वाय छ । दुई वर्ष अघि जापान आएका पविन्द्र केसी कामको लागि भाषा नभई नहुने बताउछन् । सामान्य बोलचाल भएमात्र काम पाउन सकिन्छ । त्यसमा स्थानिय कम्पनिमा काम गर्न स्थानिय नागरिक, स्कुल , विद्यार्थी वा सोही स्थानमा कार्यरत कर्मचारीको सिफारिस अनिर्वाय हुन्छ । नत्र काम पाइदैन । केसी थप्छन् “सामान्य भाषा भएकाहरु खाली बस्नु पर्दैन ।” कमाइ संगै राम्रा अवसर सिर्जना गर्न सकिने दावी गर्दै उनी जापानमा अन्य मुलुक अमेरिका, अष्द्रेलिया र युरोपमा जस्तै अवसर रहेको बताउछन् ।
डेढ वर्ष अगाडि दाङ्गबाट आएका धिरज घर्तिमगरले शुरुताका भाषाको कारण काममा जान गाहृो भएको अनुभव सुनाए ।
अहिले उनको भाषा राम्रो भएकोले काम र पढाई संगै लगिरहेका छन् ।
तर पोखराका केही युुवाहरु राजेन्द्र आलेमगर , बिशाल क्षेत्रि र होम पुन पढाई र काममा समय दिन नसकेको गुनासो गर्छन् ।
अझ जुन भिषामा आएको हो र सोही भिषामा बस्नु अनिर्वाय भएकोले आफु खुशी गर्न पनि गाहृो छ ।
जापान सरकारको नियम अनुसार विद्यार्थीले हप्तामा २८ घण्टा काम गर्न पाउछन् जुन एकदमै थोरै भएको चितवनका माधव घिमिरेले बताए । समयमा काम नपाईने र सिमित समय तोकिएकोले कमाउन गाहृो भएको उनको तर्क छ ।
जापानको पढ्ने स्थान र काम गर्ने ठाउ फरक हुनु अर्को समस्या र शुरुको समयमा काम नपाएर केही वर्ष अलमलिएको दुई वर्ष अघि जापान आएका दिपक मैनाली बताउछन् । त्यो बेला त्यति सहज थिएन तर अहिले परिस्थिती बद्लिएको छ उनी भन्छन् ।
चुस्त, दुरुस्त, यातायात सेवा, प्रभावकारी सरकारी नियम र समयको पावन्दीमा बाधिएका कम्पनी, अस्पताल, बैंकहरु सेवासंगै दक्ष कामदारको खोजीमा रहेको उनीहरुको आधिकारीक वेवसाइडहरुमा उल्लेख गरिएको पाईन्छ ।
तर सामान्य कुराहरुमा अल्झिदा नेपालीहरुले ठूला अवसरबाट समेत हातधुनु परेको छ ।
यहाको वातावरणसंग घुलमिल हुन समय लाग्छ । “काम नपाए सम्म कामको चिन्ता पाएपछि समयमा नपुग्ने चिन्ता ” पोखराकी ममता केसीले अनुभव सुनाइन् ।
पछिल्लो तथ्यांक अनुसार जापानमा दैनिक जनसंख्या घट्दो अवस्थामा रहेको देखिन्छ । जसले यहाको दक्ष कामदारको प्रत्यक्ष प्रभाव बजारमा परेको छ । त्यसको पुर्ति गर्न जापान सरकारले विभिन्न मुलुकका विद्यार्थी र दक्ष जनशत्तिलाई भिषा प्रकृया सहज गरेको पाइन्छ । आगामी सन् २०२० मा हुने ओलम्पिकलाई ध्यानमा राखेर रोजगारी दिने बाहानामा भिषा नीति खुकलो पारिएको छ । भिषा सहजसंगै विना कुनै तयारी र भाषाको ज्ञान नहुदा विभिन्न समस्यासंग पौठाजोरी खेल्नु परेको विज्ञहरु बताउछन् ।
तस्वीरः इन्टरनेटबाट