युएईबाट ४ नेपाली फर्किए, ११ जना साथि र चन्दाको भरमा

काठमाडौं माघ २६- युएईको अबुधावीबाट ४ जना नेपाल नेपाल आइपुगेका छन् । उनीहरु ट्याक्सी चालकका रुपमा काम गर्न त्यहाँ पुगेका थिए ।

अबुधाविको अल गजल कम्पनीमा काम गर्न झण्डै ८ महिना अघि गएका उनीहरु दुई देखि चारपटकसम्म परिक्षामा फेल भएपछि नेपाल फर्काइएका हुन् । उनीहरुलाई कम्पनीले नेपालको एजेण्टसँग कुरा नमिलेको भन्दै नेपाल फर्काएको हो । यसअघि ७ जना नेपाली सोही कम्पनीबाट नेपाल फर्काइएका थिए ।

आइतवार नेपाल फर्काइएकाहरु मध्येका एक गोरखाका हुसेन मियाँका अनुसार बाँकी ७ जनाको समेत कम्पनीले भिसा रद्ध गरिसकेको छ । अन्य ४ जनाको पनि यहि हप्ता भिसा रद्ध हुने र सवैलाई नेपाल फर्काउने कम्पनीले जानकारी दिएको छ ।

नेपालको शिखर मेनपावर कम्पनी मार्फत रु १ लाख ९० हजार देखि २ लाख ४० हजारसम्म तिरेर युएई पुगेका ति युवालाई कम्पनीले नेपाली एजेण्टसँग कुरा नमिलेको भन्दै अन्य देशका कामदार भन्दा फरक व्यवहार गरेको हुसेन बताउँछन् ।

उनका अनुसार सँगैका भारतीय तथा अफ्रिकी नागरिकलाई ६ पटकसम्म परिक्षामा फेल हुँदा पनि तलव दिएर तालिममा राखिरहेको भएपनि नेपालीलाई भनें तुरुन्त फर्किनु भन्दै दुईमहिना यता न्यूनतम तलव समेत दिइएको छैन । कम्पनीले तालिम अवधि भरमा ८ सय दिराम तलव दिने र तालिम पश्चात १२ सय तलव र कमिसन दिने जनाएको थियो ।

६ महिनासम्म तालिममा राखेको समयमा कम्पनीले ८ सय दिराम प्रतिमहिना तलव समेत दिएको थियो । हुसेन भन्छन् – अल गजल कम्पनी नराम्रो छैन । त्यहाँ झण्डै साढे तीनसय नेपाली काम समेत गरिरहेका छन् । तर हामीलाई पठाउने मेनपावर कम्पनी र उताको कम्पनीका उच्च तहका कर्मचारीबीचको असमझदारीका कारण हामीलाई फर्काइएको हो ।

सँगै अञ्जली ओभरसिज मार्फत गएका ८ जनाको पनि भिसा रद्ध गर्ने प्रकृया अघि बढाएको भएपनि पछि कुराकानी गरेर त्यो मिलाइएको र ति नेपाल हाल कम्पनीमा कार्यरत रहेको नेपाल फर्किएकाहरुले बताएका छन् ।

युएईमै रहेका बाँकी ११ जनालाई कम्पनीले बस्ने व्यवस्था गरिदिएपनि खाना वापतको रकम नदिंदै उनीहरु समस्यामा परेको नेपाल आइपुगेकाहरु बताउँछन् । हुसेनका अनुसार कतिपयले त्यहिं कार्यरत नेपालीहरुसँग मागेर जसोतसो गुजारा गरिरहेका छन् भनें कतिपयले आफन्त मार्फत रकम मगाएर खाइरहेका छन् ।

कतिपयलाई भनें जिफण्ट सपोर्ट ग्रुपका सदस्यहरुले रासन उपलव्ध गराएका छन् । जिफण्ट सपोर्ट ग्रुप युएईका अध्यक्ष रामेश्वर भेटवालका अनुसार युएईमै रहेका समुहका सदस्यहरुले केहि रकम उठाएर उनीहरुका लागि खाद्यान्न सहयोग पठाएका छन् ।

सोही कम्पनीबाट दुई हप्ता अघि फर्काइएका इमाडोलका खगेन्द्र सुनुवारका अनुसार कम्पनीले आवश्यकता भन्दा धेरै नेपाल कामदार मगाएका कारण समस्या परेको हो । उनी भन्छन् कम्पनीमा आवश्यकता भन्दा धेरै कामदार मगाइएका छ, जसका कारण उनीहरुले काम दिन नसकेर हामीलाई फिर्ता पठाइएको हो ।

अर्कातर्फ हामीलाई पठाउने मेनपावर र सो कम्पनीका कर्मचारीबीचमा कमिसनका विषयमा कुरा नमिलेका कारण हामीलाई समस्यामा पारिएको हो ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय