इजरायलमा नेपाली महिलाको कोठामा चोरी

इजरायल- इजरायलको तेलअभिव वरपर हिडडुल गर्दा सुडानी वा अन्य काला जातीका मान्छेहरुले व्याग थुतेर भाग्ने, गहना तान्ने वा मोवाइल फोन खोसेर भाग्ने जस्ता गतिविधिबाट इजरायलमा कार्यरत नेपाली लगायत विदेशी कामदारहरु हैरान भइसकेको कुरा नौलो नहोला । तर सुन्दा अचम्म लाग्न सक्छ इजरायल जस्तो कडा सुरक्षा सयन्त्र भएको देशको कुनै एउटा घरको रोजगारदाताको चार तल्ला माथिको अपार्टमेन्टमा कार्यरत नेपाली महिलाको कोठा चोरी भएको खवर सुन्दा त्यो पनि विहानै । तर यस्तै भएको छ इजरायलको तेलअभिव र खदेराको विचमा पर्ने रानानामा ।

रानानाको वर्खोप मार्गस्थित एउटा ५ तल्ले घरको चौथो तल्लामा रहेको एउटा अपार्टमेन्टमा विर्तामोड ६ झापा घर भई विगत डेढ बर्षदेखि काम गर्दै आएकी सिर्जना रिजालको कोठाबाट करिव साढे ३ लाख वरावरको नगद तथा गहना चोरी भएको छ ।

विहान १० बजे आफ्नो रोजगारदातालाई लिएर वाहिर घुमाउन गएको मौकापारी उनको घरमा चोरी भएको थियो ।

“वृद्दालाई घुमाउन १० बजेतिर वाहिर निस्किएकी थिएँ, १२ बजेतिर घर फर्किदा घरको ढोका खुल्ला थियो र मेरो कोठाको ढोका फोरिएको थियो, सारा लत्ता कपडा छरपस्ट थिए । हतार हतार गरगहना जाँच गरें, ५ वटा सुनको औठी, नगद २ हजार शेकेल र अन्य केही महत्वपूर्ण सामाग्रीहरु चोरीएका थिए” – रिजालले भनिन् । उनका अनुसार घरमा घरमालिकको केहीपनि चोरी भएको छैन् भने नको कोठाको ढोका तोडिएर चोरी भएको छ ।

रोजगारदाको परिवार सदस्यले चोरले झ्यालबाट छिरेर कोठामा चोरी गरी कोठाको ढोका फोरेर मुल ढोका खोलेर बाहिर निस्किएको देखिएको बताएकी छिन् ।

चोरी भएको केही समयमै रोजगारदाताको परिवार सदस्यले नजिकैको प्रहरीलाई खवर गरेकी थिइन । त्यसको करिव डेढ घण्टापछि इजरायल प्रहरी घटनास्थल पुगेको थियो । प्रहरीले के कति नगद तथा गरगहना चोरी भएको हो त्यसको विवरण खुलाएर प्रहरीमा उजुरी दिन सुझाएको पिडित महिलाले बताइन ।

नेपाल इजरायल डटकममा प्रकाशित

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Custom Fields: