
काठमाडौं बायोमेट्रि«क प्रणालीका बिषयमा बैदेशिक रोजगार व्यवसायीबीच देखिएको विवाद तत्कालका लागि साम्य भएको छ । बैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष हंशराज वाग्लेले गत हप्ता मलेसिया पुगेर बेष्टिनेटको पक्षमा लविङ गर्न आयोजना गरिएको पत्रकार सम्मेलनमा सहभागि भएपछि अध्यक्ष वाग्लेका विरुद्धमा नेपालमा व्यवसायी जुटेका थिए ।
गत बुधवार वाग्लेलाई निलम्वन गर्न उपाध्यक्ष कुमुद खनालको नेतृत्वमा प्रयत्न गरिएपनि १ जना सदस्य अपुग भएपछि सो दिन प्रकृया पुरा हुन सकेको थिएन । गत शुक्रवार समेत व्यवसायीले त्यसको प्रयत्न गरेका थिए । तर सो दिन संघका कार्यसमिति सदस्यहरुले आइतवार कार्यसमितिको बैठक बसेर आवश्यक निर्णय गर्ने भन्दै तत्कालका लागि समस्या टारेका थिए ।
आइतवार अध्यक्ष वाग्ले सहितको बैठकमा व्यवसायीहरु बीच बायोमिट्रकको विपक्षमा एकमत भएर बोल्ने सहमति भएको थियो । उपाध्यक्ष खनालका अनुसार बैठकमा अध्यक्ष वाग्लेले आफूले गल्ती गरेको भन्दै सच्चिएर जाने प्रतिवद्धता जनाएका थिए । त्यसपछि आगामी फाल्गुण १५ गते संघको महाधिवेशन गर्ने व्यवसायीले निर्णय गरेका छन् । उपाध्यक्ष खनालले भने ‘आन्तरिक विषयलाई सडकमा छताछुल्ल बनाएर नलैजाउँ, गल्ति गरेको भए साथिहरुले कारवाही गर्नुहुन्छ, त्यो भोग्न तयार छु भन्दै अध्यक्ष वाग्ले आएपछि महाधिवेशनको मिति तय गरिएको हो ।’
यसबारेमा अध्यक्ष वाग्लेसँग सम्पर्क गर्न सकिएन ।