कसरी धेरै कमाउने विदेशमा ? (विज्ञका सुझाव)

दुवई- कसरी धेरै पैसा कमाउने ? यो पक्कै सजिलो उत्तर होइन । त्यसका लागि कति धेरै मेहनत गर्नुपर्छ त्यो कुरा मेहनत गर्नेहरुले नै बुझेका हुन्छन् ।

युएईमा हालै गरिएको एक सर्वेक्षण अनुसार कामदारहरु मध्ये २८ प्रतिशतले यसबारेमा आफ्ना म्यानेजरहरुसँग कुराकानी गर्न अप्ठ्यारो महशुश गर्ने गरेका छन् । यसमा महिलाको संख्या धेरै छ ।

सर्वेक्षणका अनुसार महिलाले विशेषगरी आफ्ना म्यानेजरहरुसँग तलव बृद्धिका बारेमा कुराकानी गर्न असहज महशुश गर्ने गरेका छन् । यसैगरी महिला म्यानेजरहरुले पनि तलवको सौदावाजीमा आफूहरुले असहजता अनुभव गरेको बताएका छन् ।

सर्वेक्षणले केहि यस्ता सुझाव दिएका छ जसका आधारमा आफ्नो मूल्याँकन गर्दै धेरै कमाईका लागि आफैंलाई प्रेरित गर्न सकियोस् आफ्नो क्षमताका बारेमा अन्दाज लगाउनुहोस्

तलव बढाउने कुरा आफ्ना म्यानेजरसँग गर्नुअघि आफ्नो तलव कुन कुन कारणले बढाउनु आवश्यक छ भन्ने कुरा यकिन गर्नुहोस् । आफुले गर्न सक्ने काम र अहिले गरिरहेको कामको बारेमा यकिन हुनुहोस् जसका कारण म्यानेजरसँग कुराकानी थाल्दा त्यसले तपाईलाई अलमलमा नपारोस् ।

सुरुमा आफैंलाई प्रश्न गर्नुहोस् के तपाईले गरिरहेको काम र पाइरहेको तलवबीच असमानता छ ? यसैगरी सोही प्रकृतिको काममा अरु कामदारले कति तलव पाइरहेका छन् भनेर बुझ्न आवश्यक छ ।

हुन त धेरैजसो कम्पनीहरुले एकअर्का कामदारलाई दिइरहेको तलव र सुविधाका बारेमा त्यति धेरै खुलस्त जानकारी दिंदैनन् जसका कारण तपाईलाई समस्या पनि पर्न सक्छ ।

तर पनि हरेश नखानुहोस् र अन्य कम्पनीमा काम गर्ने चिनारु व साथिभाइको मद्धतले उनीहरु कति कमाइरहेका छन् भन्ने जानकारी हासिल गर्न पक्कै सक्नु हुनेछ ।

यसले पनि युएईमा कम्पनीहरुले कस्तो काममा कामदारलाई कति तलव, सुविधा दिंदा रहेछन् भन्ने जानकारी हासिल गर्न सकिन्छ । यति मात्र नभई फेसबुक जस्ता सामाजिक सञ्जलको समेत प्रयोग गर्न सकिने सुझाव सर्वेक्षणको निश्कर्षका रुपमा दिइएको छ ।

आफ्नो तर्कलाई बलियो बनाउने आधार बनाउनुहोस् अरुका कुरा पत्ता लगाइसकेपछि र आफ्नो हैसियत बुझिसकेपछि अव आफूलाई बलियो बनाउनुहोस् । जव म्यानेजरसँग बसेर तलव बृद्धिका बारेमा छलफल गरिन्छ, त्यतिबेला के के प्रश्नहरु आउन सक्छन् भन्ने अनुमान गर्नुहोस् र त्यसको उत्तर तयार पार्नुहोस् । तलव बढ्ने नबढ्ने वा कति बढ्ने भन्ने कुरा त्यहि छलफलमा आधारित हुन्छ । त्यसैले छलफलका लागि आफूलाई तयार बनाउनु आवश्यक हुन्छ ।

अनुसन्धानकर्ता रिचरले भनेका छन् कामदारले आफ्नो तलव बढाउनु आवश्यक छ भन्ने कुरा प्रमाणित गर्न आफूले बढी काम गरिरहेको र आफूलाई दिइएका जिम्मेवारीहरु पूरा गरेको तर्कपूर्ण कुरा गर्न सक्नुपर्छ । यसका लागि उपयुक्त आधार हुनै पर्ने उनले सुझाएका छन् ।

‘मलाई तलव पुगेन भनेर मात्र हुन्न’ रिचरको भनाई छ । यसका लागि उनले समय समयमा आफ्नो म्यानेजरसँग कामदारले आफ्नो कामका बारेमा सुझाव मागिरहनु उपयुक्त हुने बताएका छन् । तर त्यो बर्षमा दुईतीन पटक भन्दा धेरै भनें नहुनु राम्रो हो ।

आफ्नो आम्दानी खर्चको हिसाव राख्नुहोस् कतिपय अवस्थामा आम्दानी र खर्चको हिसावले पनि तलव बृद्धिका लागि ठूलो सहयोग पुग्छ । हरेक महिना तपाई के कुरामा कति खर्च गर्नुहुन्छ ? त्यसको हिसाव राख्नुहोस् । तपाईको बार्षिक तलव बृद्धि कति भइरहेको छ त्यो पनि तयार पार्नुहोस् ।

कोठाको भाडा, खानाको खर्च कसरी बढेको छ त्यो आधार राम्रोसँग राख्न सक्नु भएमा तपाईलाई तलव बृद्धि गर्न तपाईको म्यानेजरलाई दवाव पर्नेछ । यसैगरी आफ्नो अन्य घरायसी खर्च कसरी बृद्धि भएको छ भन्ने बारेमा म्यानेजरलाई राम्रोसँग बुझाउनुहोस् ।

थप जिम्मेवारीका लागि तयार हुनुहोस् तपाई अहिले गरिरहेको काममा के थपेर गर्न सक्नुहुन्छ वा चाहनुहुन्छ त्यसका बारेमा प्रष्ट हुनुहोस् । यसका लागि तपाई कसरी योग्य हुनुहुन्छ त्यसमा पनि प्रष्ट भएमा आफ्नो म्यानेजरलाई तपाई यसका बारेमा तर्कपूर्ण रुपमा कुरा राख्न सक्नुहुनेछ ।

(गल्फ न्यूजमा प्रकाशित)

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय