कस्तो भयो कतारको आइडल(हेर्नुहोस् तस्वीरमा)

घनश्याम पराजुली (कृष्ण), दोहा । प्रवासी नेपाली सांगितिक परिवार र समाज सेवा अभियान रुपन्देहीको संयुक्त आयोजनामा कतारमा आयोजित प्रवासी नेपाली सिङ्गिङ आईडलको चौथो राउण्डबाट गायन क्षेत्रका २० जना प्रतिस्पर्धी मध्ये टपटेन छनोट भएको छ ।

चौथो राउण्डबाट टपटेनका लागि सुभराज राई, रेशम गुरुङ्ग, ललित कुमार लिम्बु, अर्जुन खरेल, मधु लामा, अमृत कुरुवाङ्ग, राम कुमार राई, शेर बहादुर लिम्बु, कविन गुरुङ्ग र ज्योती गुरुङ्ग छनोटमा परेका छन ।

प्रतियोगिताको निर्णायक मण्डलमा देबिका केसी, सन्तोष परियार र दिनेश लिम्बु रहेका छन भने परिवेक्षकको रुपमा राकेश चाम्लिङ्ग, देवराज न्यौपाने र शिव गौतम रहेका थिए ।

समाज सेवा अभियान रुपन्देहीका कार्यवाहक अध्यक्ष डिल्लीराज भट्टराईको सभापतित्वमा सम्पन्न कार्यक्रममा दिप प्रज्वलन, राष्ट्रिय गान र शहिदहरुलाई सम्झदै मौन धारण गरी कार्यक्रमको उद्घाटन गरिएको थियो । पश्चिम कोही पुर्व घर आगन तर एउटै हो , छरिएर बसे के भो सन्तान त एउटै हो बोलको गितमा किरण लामा, सोम तामाङ्ग, कान्छा तामाङ्ग, ईशा घतानी र दिपा थापाले स्वागत नृत्य प्रस्तुत गरे । सेमिफाईन राउण्डमा सुभराज राईले झस्केर दुख्छ यो मुटु मेरो उसैको याद बोलको गित गाए ।

कार्यक्रममा प्रतिस्पर्धीहरु रेशम गुरुङ्गले सालैजो मार्फत जता हेरे पनि गाउँ र घर, ललित कुमार लिम्बुले उ जितेर गई या हारेर गई जित आफै तिर पारेर गई बोलको गित गाए । अर्जुन खरेलले धेरैलाई बाँड्दा नपुग्ला माया मलाई घटाए हुन्छ गाए ।

रविन शिवाको आधुनिक गित ए तुलसी आँगनमा रोपौंला, केशव तामाङ्गको म तिमीलाई माया गर्छु लाखौ जन्म जन्म, विजय भण्डारीको मैले त्यही भएर मन पराएको, छवी राजकोटीले आफै माया जोड्यौ बैरी आफै तड्पायौ गाए ।

त्यस्तै अर्का प्रतिस्पर्धी सुमन मगरले पुर्णिमाको चन्द्रमालाई बादल लाग्न थाल्यो, ज्योती गुरुङ्गको काँचो सुर्ति, मधु लामाले जहाँ छन् बुद्धका आँखा, अमृत गुरुवाङ्गले पुर्णिमाको चन्द्रलाई बादलु लाग्न थाल्यो, सरुक सुन्दासको पानीको थोपा जस्तै छुट्यो हाम्रो माया, रामकुमार राईले तिमी आउने बाटोमा फुल रोपी दिएँ गाएर आफ्नो प्रस्तुती देखाए ।

त्यस्तै दामोदर न्यौपानेले बाँच्ने आशामा तिम्ले माया देखायौ, शेर बहादुर लिम्बुले मेरो बारे उनले सोधे मर्यो भन्दिनु, प्रविन गुरुङ्गले घरको याद आयो, दिलकुमार बिकले भकारीमा धान छ, सुपेन्द्र राईले काटीरहो कुरा धसीरहो छुरा हाम्रो माया सुपरहिट दर्शन नमस्ते र पिन्की थापाले डाली डालीमा फुली रहँु लाग्छ नी दिलको बारीमा गाएर प्रतिस्पर्धामा सामेल भए ।

कार्यक्रमका प्रमुख अतिथी गैर आवासिय नेपाली संघ कतारका अध्यक्ष मक्सुद अलामले कतारमा नेपाली पहिचान बनिसकेको बताए । हामी कतारमा जातले हैन नेपाली भनेर चिनिएका छौ भन्दै नेताहरुलाई गाली गर्नु भन्दा प्रवासबाट समाज सुधारक काम गर्नु पर्ने बताए ।

विशष अतिथी गैर आवासिय नेपाली संघका पुर्व उपाध्यक्ष सागर नेपालले कतार सानो नेपाल जस्तो मात्र हो, यहाँ नेपाली सँस्कृतीले प्रगती गरिरहेको छ भन्दै प्रशंसा गरे । कार्यक्रमले ४ लाख कतारमा कार्यरत नेपालीहरुका प्रतिनिधिको रुपमा नयाँ प्रतिभाको खोजी गरिरहेको बताउदै यस यात्रालाई निरन्तर दिनुपर्ने उनले बताए ।

त्यस्तै प्रवासी नेपाली सांगितीक परिवार कतारका संरक्षक शिवराज गौतमले कतारमा नेपाली समाजसेवीहरु समाजको नाममा राजनिति गरिरहेका छन भन्दै गुनासो गरे ।

Qatar Singing Idol 7

Qatar Singing Idol 3

Qatar Singing Idol 5

Qatar Singing Idol Main

Qatar Singing Idol 6

Qatar Singing Idol 4

Qatar singing Idol 1

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय