कोरियामा एक नेपालीले आत्महत्या गरे

सउल- दक्षिण कोरियामा कार्यरत एक नेपालीले आत्महत्या गरेका छन् । ७ महिनाअघि इपिएस मार्फत आएका खोटाङ मौवावोटे ३ का जयकुमार राई (३५) ले बिहिवार बिहान कार्यस्थान नजिकै विजुलीको पोलमा पासो लगाएर आत्महत्या गरेका बताइएको छ ।

राजधानी सउलबाट दक्षिणपूर्व शहर उल्सानस्थित एक कृर्षि फर्म हाउस (मिनारी) मा कार्यरत राईले आत्महत्या गरेको प्रहरीलाई उध्रित गर्दै नेपाली दुतावासले जानकारी दिएको छ ।

‘जयकुमार राईले आत्महत्या गरेको बारेमा प्रहरीले दुतावासलाई जानकारी दिएको छ । सोहि जानकारी अनुरुप परराष्ट मन्त्रालयमार्फत नेपालमा रहेका मृतकका परिवारलाई जानकारी दिइएको छ ।’ नेपाली दुतावासका श्रमसहचारी अनिल गुरुङले फोनमा भने–घटनाको बारेमा प्रहरीले अनुसन्धान गरिरहेको छ ।’

गत जनवरी १९ इन्छनस्थित एक कम्पनीमा कार्यरत पर्वतका ३२ वर्षिय रेशम थापा मगरको ह्दयघातका कारण मृत्यु भएको थियो ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय