नेपालीलाई आतंकवादीको अभियोगमा ८ बर्ष कैदको फैसला

कम्बोडिया, २२ माघ- आतंकवादको गतिविधिमा संलग्न भएको आरोपमा कम्बोडियाको सर्वोच्च अदालतले एक नेपालीसहित तीन विदेशीलाई ८ बर्ष कैद फैसला सुनाएको छ । सन् २०१० मा अमेरिका, वेलायत र अष्ट्रेलियाको दुतावासमा बम पड्काउने धम्की दिएको भन्दै उनीहरुलाई जेल पठाइएको इम्डोनेसियाको दी नोमपेन पोष्टले जनाएको छ । ‘

सर्वोच्च अदालतले नोमपेनस्थित तीनवटा बिदेशी दूतावासमा सन् २०१० को अप्रिल महिनामा आतंकबादी आक्रमण गर्ने तीन जनाविरुद्ध तल्लो अदालतले गरेको फैसलालाई सदर गर्ने निर्णय गरेको छ’ अदालतको फैसला उदृत गर्दै कम्बोडियाको द नोमपेन पोष्टले जनाएको छ ।

कम्बोडियामा ब्यवसाय गर्दै आएका पर्वत कार्कीनेटाका धनपति (डीपी) पौडेल र वंगादेशीद्वय राफिकल इस्लामी र मियाँ मोहम्मद काविरलाई जेल पठाएको हो । आरोपी तीनैजनाले आफूहरुमाथि लागेको आरोप निधारार रहेको दाबी गरेका छन् । उनीहरु सन् २०११ मा समातिएका थिए ।

सोही समयमा तल्लो अदलातले पौडेलसहित तीन जनालाई ८ बर्षको जेल सजाय सुनाएको थियो ।

‘मैले बम पड्काउने योजना बनाएको भए सोधपुछको लागि बोलाउदाखेरी नै भाग्थेँ, तर म भागिनँ किनकी म निर्दोष थिएँ’, बंगलादेशी नागरिक इस्लामीले बुधबार अदालतको फैसलापछि भने ‘कम्बोडियामा कुनै कानुन छैन र यहाँका केही मान्छे अन्धा छन् । यदि यहाँ कानुन भइदिएको भए हामी ८ बर्ष जेल जाने थिएनौं ।’

एकजना वकिल डुन विबोल (जसले एकपटक काविरको लागि लडेका थिए) ले सन् २०१२ मा भने अनुसार फरेन्सिक ल्याबले उक्त पत्र नक्कली भएको देखाइसकेको छ तर आतंकवादको बिषय भएकाले उनीहरुविरुद्ध लागेको मुद्दाविरुद्ध कसैले बोलेन । सन् २०१० मा अमेरिकी, बेलायति र अष्ट्रेलियाली दूतावासमा अलकायदाले बम बिष्फोट गराउन लागेको भन्ने दावीसहित त्यहाँको गृहमन्त्रालयमा एक चिठी पुगेको थियो । जसमा आक्रमण गर्ने तयारीमा रहेका भन्दै ६ जनाको नाम उल्लेख गरिएको थियो । जसमध्ये डीआईपी भन्ने ब्यक्तिको नाम पनि उल्लेख थियो ।

सो नामसँग धनपतिको छोटकरी नाम ‘डीपी’ मिलेको भन्दै उनलाई प्रहरीले पक्राउ गरेको थियो । धनपतिले आफु निर्दोष रहेको बताए पनि कम्बोडियाको न्याय संरचनाले उनलाई दोषी ठहर गरेको छ । दी नोमपेन पोष्टले धम्की दिइएको भनिएको तीनवटै राजदुतावासले घटनाबारे टिप्पणी दिन नमानेको भनी लेखेको छ ।

अमेरिकी दुतावासले यस बिषयमा कुनै प्रतिक्रिया नदिने भनेको छ, नेमपोष्ट लेख्छ, वेलायती र अष्ट्रेलियन दुतावासले टिप्पणी माग्न गरिएको इमेलको जवाफ दिएका छैनन् ।’

नेपाल आवाज डटकमबाट

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय