हृदयाघात भएर एकजनाको ज्यान गयो

इन्द्र जिजीबिषा, मलेशिया- रोजगारीको सिलसिलामा १७ दिन अगाडि मलेशियाको बातुपहात स्थित लिनाको म्यानुफ्याक्चरिंग कम्पनीमा काम गर्न आएका बारा उमजन निवासी २३ बर्षिय देवनन्द चौधरीको सोमवार बिहान ४ बजे हृदयघातको कारण मृत्यु भएको छ ।

आइतबार छुट्टि भएकाले दिनभरी साथीहरुसंग समुन्द्रको तिरमा घुमेका चौधरी बेलुका होस्टेल फर्केर साथीहरुसंग खाना खाइ केहीबेर तास खेलेर रमाइलो गरि १२ बजे तिर सुतेका थिए । उनी विहान ३ बजे पिसाब फेर्न उठेर फेरि सुतेको उनका साथिहरुले बताएका छन् ।

४ बजे तिर सुतेकै अवस्थामा हात खुट्टा चलाउदै छटपटिए पछि सबै साथीहरुले उठाउने कोसिस गरेका थिए । तर अचेत भए पछि कम्पनिमा खबर गरि हस्पिटल लगे पनि डाक्टरले उनको मृत्यु भई सकेको बताएका थिए । उनी फ्रन्ट लाइन मेन पावर सर्भिसेज प्रा लि तीनकुने शान्तिनगरबाट मलेसिया आएका थिए ।

मृतक चौधरीको घरमा बाबु आमा, दुई दाजु भाइ, दुई दिदी बहिनि, श्रीमती र एक सानो काखे बालक(२ बर्ष)को रहेको मृतक चौधरीका साला हरिहोम चौधरिले जानकारी दिए । मृतक चौधरिको शव अहिले बातुपहात स्थित नोरा स्माइल हस्पिटलमा राखिएको छ ।

यस बारेमा कम्पनी प्रशासनसंग बुझ्दा कम्पनी भित्रै घटना भएको कारण बिमा वापतको रकम दिइने जानकारी दिइएको छ । नेपाल दुताबास अहिले दुई दिनको छुट्टी भएकोले दूतावास खुले पछि उचित परामर्श गरि लास नेपाल पठाउने पनि जानकारी कम्पनीले दिएको छ ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय