कतारमा एक नेपालीको सुतेकै अवस्थामा ज्यान गयो

घनश्याम पराजुली (कृष्ण) , दोहा । नवलपरासी जिल्ला रहजर गाविस ८ गौरीपुरका ३० बर्षिय अर्जुन गौतमको कतारमा सुतिरहेकै अवस्थामा निधन भएको छ । रोजगारीको शिलशिलामा ९ महिना पहिले कतार आएका गौतमको आफ्नै क्याम्पमा ज्यान गुम्यो ।

बेलुका खाना खाएर साथीहरुसँगै सुतेका उनी बिहान उठेनन् । २१ बर्षसँगै विताएका ईश्वरी प्रसाद कडेल उनको मृत्युको खबरले छागाँबाट खसेझै भए । अघिल्लो दिन ५ बजेसम्म फोनमा कुरा भईरहेको थियो त्यो दिन ४/५ पटक फोन गर्दा समेत नउठाएपछी साथीभाईसँग सोध्दा मृत्यु भईसकेको खबर सुन्दा विश्वास नलागेर उनी साथीको क्याम्पमा पुगे ।

उनी भन्छन “ कुनै लत थिएन, सुपारी समेत खान नमान्ने उ यती चाडै भगवानको प्यारो होला भनेर सोचेकै थिईन ।” साउदी अरबमा समेत सगसँगै काम गरेका उनले सुतिरहेका अवस्थामा मृत्यु भएको कारण अझै बुझ्न सकेका छैन ।

अघिल्लो हप्ता भेट्न बोलएका थिए तर आफै बिरामी भएकाले अर्को हप्ता भेट्ने वाचा गरेका कडेलले भक्कानिदै भने उसँग भेट्ने अर्को हप्ता नआउदै उसलाई गुमाउनु पर्यो ।

मृतक गौतमका बुढा बाबाआमा, श्रीमती र ३ बर्षिय छोरा छन । अन्यतै नाजुक आर्थिक अवस्था भएको उनको परिवार कतार पुगेर केही कमाउला र छाक टार्न सकिएला भन्ने बेलामा बेसाहारा बन्न पुगे । गौतमको सम्पत्तीका नाममा एउटा सानो घर बाहेक अरु केही नभएको उनका साथी कडेलले बताए ।

मृतकको शव नेपाल पठाउनका लागि पहल भईरहेको कडेलले बताए । सबै प्रक्रिया मिल्यो भने ४/ ५ दिन भित्रमा नै मृतकको शव लिएर आफै नेपाल जान लागेको उनले जानकारी दिए । मृतकको पारिवारीक स्थिती अत्यन्तै नाजुक छ । उनले कतारमा स्थापित संघसंस्था तथा सहयोगीहरुबाट सहयोगको अपेक्षा गरेका छन । मृतकका गाविसवासी दाजुभाईहरुबाट कतारि रियाल २ हजार ५ सय सहयोग उठेको छ । त्यो नावालक छोराको भविश्यका लागी कतारबाट केही सहयोग मिल्ने आशा राखेका छन ।

सहयोग गर्न चाहने सहयोगीहरुले ईश्वरी प्रसाद कडेल, मुकुन्द प्रसाद गैह्रे र तिलचन्द् पौडेलको मोवाईल ६६१६९८९६ , ७७७२८२१७ , ५५०७३३५० मा सम्पर्क गरी सहयोग गरिदिन उनले आग्रह गरेका छन ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय