मलेसियामा एक नेपालीले ज्यान गुमाए

उर्लाबारी – वैदेशिक रोजगारीको सिलसिलामा मलेसिया पुगेका एक नेपाली युवाको सुतेकै ठाउँमा मृत्यु भएको छ । मोरङ मधुमल्ला–४ निवासी ३१ वर्षीय गोपाल बोहोराको सुतेकै ठाउँमा मृत्यु भएको हो । तीन महिनाअघि मलेसिया पुगेका बोहोराको यही माघ १६ गते मृत्यु भएको उनको पारिवारिक स्रोतले जनाएको छ । मृतक बोहोराका भाइ भुपालका अनुसार १५ गते बेलुका घरमा फोन गरेका दाजुको १६ गते बिहान मृत्यु भएको खबर आएको थियो । मृत्युको कारण खुल्न नसकेकोे उनले बताए । श्रीमतीसहित एक छोरी भएका मृतक बोहोराको शव नेपाल ल्याउने तयारी भइरहेको परिवारले जनाएको छ । रातोपाटीबाट

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय