सानिमाले टिकट दिएपछि मह जोडी कोरिया आउँदै

सियोल- दक्षिण कोरिया आउन लागेका चर्चित हाँस्य कलाकारद्वय हरिवंश आचार्य र मदनकृष्ण श्रेष्ठलाई सानिमा बैकले हवाइ टिकट स्पोन्सर गरेको छ । नेपाल हाउस ब्यवस्थापन समितिले निम्तो गरेको महजोडीलाई सानिमा बैकले स्पोन्सर गरेपछि समिति थप उत्साहित भएको छ । महजोडी नेपाल हाउस सहयोगका लागि आयोजना गर्न लागिएको सांगितिक महामेलामा प्रस्तुती दिन कोरिया आउन लागेका हुन ।

झण्डै १० वर्ष अगाडी कोरिया आएका महजोडीको अहिलेको यात्रालाई कोरियामा रहेका नेपालीहरुले विशेष यात्राका रुपमा हेरेका छन् । महजोडीको कार्यक्रम हेर्न यहाँ रहेका नेपालीहरु निकै उत्साहित भएका छन् । महामेलाका लागि बुसानमा ३ हजार र सियोलमा ५ हजार गरि ८ हजार टिकट छुट्याइएको छ ।

समितिले नेपाल हाउसका लागि झण्डै ८ करोड वन सहयोग संकलन गरिसकेको छ । सहयोग रकम पनि आइरहेकोले ब्यवस्थापन समितिले सहयोग रकम मात्र १० करोड भन्दा बढि नाघ्ने अनुमान गरेको छ । कोरियामा दिगोरुपमा नेपाल हाउस सञ्चालन अभियान सफल हुने लगभग निश्चित भएपछि यहाँ रहेका नेपालीहरु निकै उत्साहित भएका छन् । कोरियामा नेपालीहरुको एकतालाई लिएर अहिले नेपाल देखि अन्य मुलुकहरुमा समेत सकारात्मक रुपमा चर्चा परिचर्चा हुन थालिसकेको छ ।

महजोडीका कार्यक्रमहरु निकै उत्कृष्ट र सन्देशमुलक हुने गर्दछ । महामेलाका लागि आयोजक नेपाल हाउस ब्यवस्थापन समितिले कार्यक्रमको ऐतिहासिक बनाउन भब्य तयारी गरिरहेको छ ।

कार्यक्रम फेबु्रअरी १८ मा बुसान र १९ तारिक सउलमा आयोजना हुदैछ । महामेलामा महजोडीसँगै अन्य थप ५ राष्ट्रिय कलाकारहरु समेत आउदै छन् ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय