
दुवई- दुवईमा पैसा लिएर यौन सम्वन्ध राखेको अभियोगमा एक महिलालाई एक बर्षको कारावासको सजाय सुनाइएको छ । ति महिला स्थानीय एक कम्पनीमा काम गर्ने र उनले होटलमा गएर यौनसम्वन्ध राखेको अभियोग लागेको छ । मोरक्कोकी २२ बर्षिया ति महिलालाई स्थानीय एक होटलको कोठाबाट प्रहरीले विहान साढे ४ बजे पक्राउ गरेको थियो । सो कोठाबाट ति महिलाका कुवेती रोजगारदातालाई समेत समातिएको प्रहरीले बताएको छ । युवती २२ बर्षकी हुन् भनें पुरुष २३ बर्षका रहेको समाचारमा जनाइएको छ । उनीहरुले आपसी सहमतिमा रकम लेनदेनका आधारमा यौन सम्वन्ध राखेको अदालतमा स्वीकारिसकेका छन् । दुवई अदालतका न्यायाधिस मोहम्मद जमालले ति युवतीलाई एक् बर्ष जेलमा राखिने र सोही अवधि प्रहरी निगरानीमा राखिने निर्णय सुनाएका छन् ।