बैदेशिक रोजगारको नाममा ठगिए उनीहरु

नेपालगञ्ज- जग्गा बन्धकी राखेर रोजगारका लागि विदेश जाने रहर बोकेका बाँकेका युवाहरु म्यानपावर एजेन्टबाटै ठगिएका छन् । बाँके होलिया, गंगापुर र मटेहिया गाविसका आधा दर्जन युवाहरु म्यान पावर एजेन्टबाटै ठगिएको आरोप लगाउँदै कारवाहीका लागि जिल्ला प्रशासन कार्यालय बाँके पुगेका छन् । मलेसिया पठाउने नाममा १ लाख ६० हजारका दरले गंगापुर ९ बस्ने राम कुँवारे यादव, वडा नं.३ बस्ने रक्षाराम यादव र होलिया १ बस्ने कैलाश मौर्यबाट ४ लाख ८० हजार रुपैयाँ एजेन्टले असूल गरि ३ महिना देखि विदेश पठाउने अश्वासन दिँदै आएको पीडितहरुले बताएका छन् । लगातारको दबावपछि २ जनाको २ लाख रुपैयाँ फिर्ता भएको छ । गंगापुरका कुँवारे यादवले भने–मेरो १ लाख ९० हजार रुपैयाँ फिर्ता लिन बाँकी रहेको छ । उनले पटक पटक रकम फिर्ता मागगरेको तर लीडिंग फोरेन रिक्वायरमेन्ट प्रा.लि. बत्तिस पुतली ९ काठमाडौका प्रो.राम प्रसाद पाण्डेले फिर्ता दिन इन्कार गरेको बताए । लाइसेन्स नं.६६६– ०६६\०६७ रहेको सो कम्पनीका प्रोप्राइटर पाण्डेले एक महिना अघि मलेशिया पठाएका मटेहिया ५ बस्ने रमेश कुमार गोडियाले आफुलाई भने बमोजिमको काम नपाएको बताएका छन् । मलेशियाबाट फोन सम्पर्कमा गोडियाले आफु इलेक्ट्रोनिक सहायकमा आएको र मलेशियामा नाली खन्ने काम गर्नु परेको जानकारी दिए । उनले एजेन्ट पाण्डेले अनावश्यक तरिकाबाट १ महिना सम्म काठमाडौमै बसालेको र थप रकम २० हजार रुपैयाँ पनि असूल गरेको बताए । जनही १७ हजारका दरले पासपोर्ट बनाउन रकम दिएका गंगापुर ९ बस्ने सुरेश गोडिया र महेश बर्माले २ महिना हुन लाग्दा पनि पाण्डेले पासपोर्ट नदिएको बताए । गंगापुर ९ का राम कुँवारे यादवले मलेशिया जान १ लाख ९० हजार दिएको र मलेशियामा पुग्दा भने बमोजिम काम नपाएको तथा कम्पनीले १ महिना २ दिन भित्रै फिर्ता पठाएको गुनासो सुनाएका छन् । काम गरेको एक महिनाको तलब पाइएन, उनले भने पाण्डेले पनि रकम फिर्ता गर्न मानेको छैन । जग्गा धितो राखेर मलेशिया पुगेका यादव महिना दिन भित्रै फर्किएपछि लगानी गर्ने साहुले आफ्नो रकम फिर्ता माग्न थालेको बताए । सँधै बाढीको प्रभाव झेल्दै आएका उनीहरु केहि रकम जोहो गरेर सुरक्षित स्थानमा घडेरी किन्ने योजनामा थिए । ऋण लिएर विदेश जाने योजना बनाएका युवाहरु अचेल रकम कसरी तिर्ने भन्ने तनावमा छन् । घरबाट तिर्ने स्थिति छैन गंगापुर ९ का रक्षाराम बिकले भने, एजेन्टले लिएको रकम मध्ये ६० हजार रुपैया अझै दिएको छैन । उनले रकम फिर्ता गराई दिनका लागि जिल्ला प्रशासनमा आइपुगेको बताए । गाउँबाट विदेश जाने लहलहैमा लागेर युवाहरुले रकम लेनदेन गर्दा पनि कुनै कागजात नगराउने गरेको बताएका छन् । पीडितहरुले आफ्नो रकम माग गर्न नेपालगन्ज ५ गणेशपुर स्थित बस्दै आएका म्यान पावर कम्पनीका प्रो. पाण्डे सँग भेट गरेपनि उनले रकम फिर्ता गर्न नमानेको बताइएको छ । उता, लीडिंग फोरेन रिक्वायरमेन्ट प्रा.लि काठमाडौंका पाण्डेले जति सम्झाउन खोज्दा पनि उनीहरुले नमानेको बताएका छन् । पहिला कम्पनीले विना तालिम कामदार लिएको र हालै मात्र तालिम सहितको ब्यक्ति माग गरेपछि समस्या उत्पन्न भएको उनले बताए । कारोवारबाट

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय