भ्यालेण्टाइन डेमा कतारमा कार्यक्रम

रवि रोषी, दोहा- प्रणय दिवस अर्थात् भ्यालेन्टाइन डे को अवसर पारेर संघर्ष ब्याण्डले कतारमा लाईभ कन्सर्ट गर्ने भएको छ । कतारको पहिलो नेपाली व्याण्डको रुपमा दर्ज भएको सो व्याण्डले विगत एक दशक देखि सांगीतिक यात्रामा निरन्तरता दिदै र कतारवासी तथा भारतीय पाकिस्तानी समुदायमा आफ्नो प्रतिभा प्रस्तुत गर्दै आएको यस ब्याण्डले यस बर्षको भ्यालेन्टाइन डे मा कतारमा लाइभ कन्सर्ट गर्न लागेको हो ।

संघर्ष ब्याण्डका व्याण्ड म्यानेजर तथा लिड भोकलिष्ट समेत रहेका सन्तोष परियारका अनुसार यस पटक मलायलम नायिका तथा गायिका ऐश्वर्या मुरली र थप अन्य भारतीय गायकको साथै पाकिस्तानी गजल लगायत पाकिस्तानको पञ्जाव म्युजिक ग्रुपको विभिन्न रोमाञ्चक प्रस्तुती रहने छ ।

पञ्जाव म्युजिक ग्रुपको सदस्य समेत रहेका गायक परियार नेपाल टेलिभिजनबाट प्रसारित तथा आयोजित सिंगिग स्टार २०१२ का टप २० को राउण्ड सम्म पुग्न सफल गायक पनि हुन् ।

फेब्रुअरी १४ को साँझ ६ बजे देखि ११ बजे सम्म हुने सो कार्यक्रममा दर्शकहरु सबैको लागि फुड प्याकेज पनि रहेको र फेमिली ग्रुपहरुको लागि विविध पुरस्कारयुक्त मनोरञ्जनात्मक इन डुअर खेल पनि समावेश गरिएको बताए ।

अन्तर्राष्ट्रिय कलाकार मञ्च, नेपाली आर्टिस्ट दोहा, समाजसेवा अभियान रुपन्देही र नेपाली प्रवासी सांगीतिक परिवारको विशेष सहयोग रहेने सो कार्यक्रमको सम्पुर्ण आर्थिक व्यवस्थापन तथा कार्यक्रम व्यवस्थापन संघर्ष व्याण्ड नै रहेको उनले जानकारी दिए ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय