अव भाषा परिक्षा असारमा नै

काठमाडौं कोरियाली भाषा परीक्षा असार पहिलो साता सञ्चालन गरिने भएको छ। यसअघि असोजमा लिइँदै आएको भाषा परीक्षा (ईपीएस परीक्षा) अबदेखि जेठ अन्तिम सातादेखि असार पहिलो साताभित्र लिन लागिएको हो। दसैंको मुखमा परीक्षा सञ्चालन गर्दा व्यवस्थापन गर्न कठिन भएकाले अबदेखि असारमै परीक्षा सञ्चालन गरिने भएको हो।

राजधानीमा रहेकाहरू समेत दसैंका लागि धमाधम घर फर्किन सुरु गर्ने बेलामा परीक्षा दिन थपिने ६० हजारभन्दा बढी परीक्षार्थीलाई यातायात व्यवस्थापन गर्न कठिन हुने भएकाले नेपालले परीक्षा तालिका परिवर्तन गर्न कोरिया सरकारसँग प्रस्ताव गरेको हो। नेपालको प्रस्तावमा कोरियाले सहमति दिइसकेको छ। ईपीएस कोरिया शाखाका अनुसार असार पहिलो साताभित्र परीक्षा सञ्चालन गर्ने निर्णय भइसके पनि मिति भने निक्र्योल हुन बाँकी छ। असारमा परीक्षा आयोजना गर्न वैशाखमै आवेदन फारम भर्ने व्यवस्था हुनेछ। दसैंको आसपासमा परीक्षा गर्दा घर फर्किने सवारीको टिकट पाउन परीक्षार्थीलाई कठिनाइ हुने गरेको थियो। गएको परीक्षामा ५९ हजारजनाभन्दा बढी सहभागी भएका थिए।

ईपीएस कोरिया शाखाका प्रमुख डिल्ली बास्तोलाले आगामी भाषा परीक्षा असार पहिलो साताभित्र सम्पन्न गरिसक्ने गरी तयारी भएको जानकारी दिए। जेठ अन्तिम वा असार पहिलो साताभित्र परीक्षा लिइनेछु, उनले भने। दसैंको मुखमा परीक्षा लिँदा यातायात व्यवस्थापनमा कठिनाइ भएको विगतका अनुभवको आधारमा परीक्षाको मिति तीन महिना अघि सार्न लागिएको उनले जानकारी दिए। गएको परीक्षा असोज १० र ११ गते सम्पन्न भएको थियो। दरखास्त फारम संकलन कार्य साउन २८ देखि ३१ गतेसम्म गरिएको थियो। रोजगारीका लागि दक्षिण कोरिया जान अनिवार्य रूपमा त्यहाँको भाषा परीक्षा पास गर्नुपर्ने नियम छ। नेपालले रोजगार अनुमति प्रणाली (इपीएस) अन्तर्गत सरकारी तवरबाट आफ्ना कामदार कोरिया पठाउने गरेको छ।

अन्नपूर्ण पोष्टबाट

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Custom Fields: