लागु पदार्थ खाएको अभियागमा नेपाली स्वदेश फर्काइए

लीलु डुम्रे कोरिया- लागुपदार्थ सेवन गरेको पुष्टि भएपछि कोरियाको अध्यागमन विभागले एक नेपालीलाई नेपाल फिर्ता गरेको छ । पर्वत घर भएका २४ वर्षीय कुशल गुरुङ (नाम परिवर्तन) लार्इ कोरिया आएको एक महिनामा नेपाल पठाएको हो । डिसेम्बर १७ मा कोरिया आएका गुरुङको ट्रेनिंग सेन्टरमा लिईएको स्वास्थ्य परिक्षणको रिपोर्ट दुर्इ हप्ता पछि मात्रै कम्पनि पुगेको थियो । प्राप्त रिपोर्ट कम्पनीले अध्यागमन विभागलाई बुझाएको थियो ।

सोही रिपोर्टका आधारमा गुरुङलाई बिभागले पक्राउ गरेको थियो । नेपाली साथीको रोहबरमा उनले लागु पदार्थ सेवन नगर्ने प्रतिबद्धता गरेतापनि उनलाई गिरफ्तार गरिएको सोहि कम्पनिमा कार्यरत एक नेपालीले जानकारी गराए ।

कोरिया आउने अघिल्लो दिनसम्म उनले लागु पदार्थ सेवन गरेको स्वीकारेका थिए । पक्राउ गरि १७ दिन हिरासतमा राखेर उनलाई नेपाल पठाएको हो । १३ दिन कम्पनिमा काम गरेको रकममा साथीहरुले सहयोग जम्मा गरि धरौटी वापतको आठ लाख कोरियन वन अध्यागमन विभागलाई बुझाईसके पछि उनलाई नेपाल पठाइएको थियो ।

गुरुङले जनवरी १९ बाट कम्पनीमा काम शुरु गरेका थिए । किम्मे साम्गोदोंग स्थित सिन्हून ग्लोबल कम्पनीमा अन्य दुइ जना नेपाली संगै गुरुङ आएका थिए । फर्निचरको काम हुने उक्त कम्पनीमा आठ जना नेपाली कार्यरत छन् ।

दुर्व्यसनीको पुष्टि भएपछि केहि समय पहिले पनि दुइ नेपाली घर फर्काइएका थिए । अध्यागमन विभाग र दुव्र्यसनीले दुतावासमा जानकारी नगराउने हुँदा दुतावासमा सोहि कारण फर्केकाहरुको तथ्यांक नरहेको उपनियोग प्रमुख राजाराम बर्तौलाले जानकारी दिनुभयो ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय