छोरी चाहियो भन्दै विज्ञापन गरेपछि ……..

चीनमा एक बृद्धाले छोरीका लागि विज्ञापन गरेकी छिन् । बुढेसकालको साहारा सन्तान नभएको भन्दै उनले आफुलाई छोरी चाहिएको बिज्ञापन गरेकी हुन् । उनले आफुलाई र आफ्नो श्रीमानलाइ हेर्नलाई एक छोरीको आवश्यकता भएको भन्दै ४० बर्ष नकाटेको महिलाले आवेदन गर्न सक्ने बताएकी छन ।

पेशाले डाक्टर रहेकी र सम्पत्तिको रुपमा एउटा क्लिनिक र चारवटा घर समेत रहेकी ति महिलाले आफ्नो छोरी बन्नका लागि योग्य महिलाहरुलाई आवेदन आह्वान गरेकी छिन् ।

हेनान प्रान्तको झेंगझोउ सहरस्थित एक रोजगार केन्द्र नजिकै टाँसिएको उनको सार्वजनिक विज्ञापन अनुसार ती ६८ वर्षकी सन्तानविहिन महिलाको छोरी बन्ने चाहना भएका ४० वर्ष मुनिका जो कोही ‘दयालु’महिलाले आवेदन गर्न सक्नेछन् ।

लिउ गुइलिङ नामकी महिलाले आफ्नो छोरी बन्ने महिलाले आफुलाई र आफ्नो श्रीमानलाइ स्याहार्नु पर्ने र सम्पति पनि उसैलाई दिने बताएकी छन । उनका श्रीमान ओछ्यानबाट बाहिर हिडडुल गर्न सक्दैनन ।

यो चीनमा नौलो घटना हो । चिनिया मिडियाहरुले पनि यसलाई गम्भीर रुपमा लिएका छन र सम्पति भन्दा पनि ति महिलाको भावनालाई बुझ्ने महिलाले मात्र उनको छोरी बन्न अनुरोध गरेका छन ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय