सुजन केसी, कुवेत कुवेतमा काम गरि छुट्टिमा जाँदा १८ नम्बर भिषा वहाक कामदारले दुताबासको अनुमति पत्र लिएर जानु नपर्ने नेपाली दुताबास कुवेतले प्रस्ट पारेको छ । तर घरेलु कामदारको रुपमा काम गर्ने २० नम्बर भिषा वहाक कामदारले अनिवार्य रुपमा कुवेतबासको अनुमति पत्र लिएर जानु पर्ने छ ।
कुवेत सरकारले नीजि क्षेत्रमा काम गर्ने आप्रवासि कामदारलाई १८ नम्बर भिषा र सरकारी क्षेत्रमा काम गर्नेलाई १७ नम्बर भिषा दिने गर्दछ भने पारिवारिक भिषा २२ नम्बर दिने गर्छ । यसरी नै घरेलु कामदारको रुपमा काम गर्ने कामदारको लागि २० नम्बरको भिषा दिने गर्दछ ।
सन २०१० मा कुवेतमा नेपाली दुताबासको स्थापना पश्चात घरेलु कामदार छुट्टिमा जादा दुताबासबाट कुवेत आउन पाउने अनुमति पत्र लिएर जाने प्रवधान छ । तर केहि दिन पहिला कम्पनी अर्थात भिषा नम्बर १७ र १८ वहाक कामदारलाई समेत दुताबासको अनुमति पत्र मागि श्रम स्विकृति नदिएको समाचार सार्वजनिक भएको थियो ।
छुट्टिमा गएका कामदार श्रम स्विकृति लिन श्रमविभागको डेस्कमा जादा कुवेतको दुताबासले अनुमति पत्र बिना श्रम स्विकृति नदिन भनेको छ भनि श्रम स्विकृति नदिएको कामदारहरुको गुनासो थियो । डेस्कमा बसेका कर्मचारीले दुताबासको अनुमति पत्र बिना दिन मिल्दैन भन्ने गरे पनि १० हजार तिरे १० मिनेटमै श्रम स्विकृति दिलाई दिने दलालहरु पनि त्यहि रहेको समचार प्रकासित भएको थियो ।
समाचार प्रकाशित पश्चात नेपाली दुताबासले श्रम विभागसँग जानकारी लिएको श्रम सहचारी गोमा ढकालले बताउनु भएको छ । वहाँले कुवेतको दुताबासले घरेलु कामदारलाई मात्र दुताबासको अनुमति पत्र बिना आउन नदिन भनेको हो भन्नुभयो । यो प्रवधान बिगत ४ बर्ष देखि लागु छ तर १७ र १८ नम्बर भिषा भएका कामदार हरुलाई दुताबासको पत्र बिना आउन नदिन भनि हामीले कुनै पत्र लेखेका छैनौ ।
उहाँले भन्नुभयोः हामीले श्रम विभाग, काठमाडौं शाखाका प्रमुख मधुविलाश पण्डितलाई समेत पत्रचार गरि यस बिषयमा जानकारी गराई सकेका छौ । वहाँले २० नम्बर भिषा वहाक कामदारलाई मात्र दुताबासको पत्र मागिने स्पष्ट पारेको ढकालले बताउनु भयो ।
कुवेतबाट छुट्टि जाने १७ र १८ नम्बरका भिषा वहाक कामदारले दुताबासको पत्र लिएर जानु पर्दैन । यदि कसैले दुताबासको अनुमति पत्र मागेमा कुनै दलाललाई पैसा नतिरि विभागका प्रमुख मधुविलाश पण्डितलाई भेट्न समेत श्रम सहचारी गोमा ढकालले बताउनु भएको छ ।
नेपाल कुवेत डटकमबाट