रवि रोषी, माघ १८ दोहा, चितवन वीरेन्द्रनगर गाविस वडा नं ६ कि सविना तामाङको कतारमा सडक दुर्घटनामा परेर ज्यान गएको छ । उनी कार्यालयको काम सकेर नेपाल जाने जहाजको टिकट लिन शनिवार साँझ करिब ७ बजे जाँदै गर्दा सडक पार गर्ने क्रममा गाडीले ठक्कर दिएपछि उनको प्राणपखेरु उडेको हो । उनको घटनास्थलमा नै मृत्यु भएको थियो । उनी ३ बर्ष अघि कतार आएको उनका चिनारुहरुले बताएका छन् । उनका श्रीमान्को केहि समय अघि नै निधन भइसकेको छ । उनका दुई नावालक छोरा छन् । आफ्ना नाबालक २ छोरा छोडेर आफ्नो आर्थिक स्थीति सुधार्ने सपना बोकेर कतारको लाईफ स्टाईल क्लिनिंग एण्ड मेन्टेनेन्स कम्पनीमा काम गर्न आएकी सविनाका श्रीमान्को टि.बि.का कारण मृत्यु भएको हो । मादक पदार्थ सेवन गरी साह्रै दुःख दिने गरेका कारण सविनाले बाध्यतावस कतारको रोजगारी चुनेको उनलाई चिन्नेहरु बताउँछन् । श्रीमान्को व्यवहारबाट आजित भएकी उनी केहि बर्ष देखि माइतीले दिएको थोरै जग्गामा सानो कटेरो बनाएर आफ्ना दुई छोरासंग माइतीको आश्रयमा बस्दै आएकी थिएन् । त्यसपछि सविनाले तिनै दुई छोराको शैक्षिक भविष्य निर्माण गर्ने सपना बोकेर कतार आएकी थिइन् । माइतीका हजुरआमाको स्याहार सम्भारमा बस्दै आएका ति दुई सन्तानलाई सविनाले कतारको क्लिनिंग कम्पनीमा काम गरेर कमाएको पैसाले शिक्षा र लालनपालनमा टेवा दिँदै आएकी थिइन् । जनवरी ३० तारिखको साँझ ७ बजे ड्युटीबाट फर्केकी सविना तामाङ र उनका साथीहरु मिलेर आफु काम गर्ने कम्पनीमा गएर टिकट र आफुले पाउनुपर्ने बाँकी १९ सय कतारी रियाल लिएर फर्किने क्रममा छोराहरुलाई कपडा, चकलेट र सुटकेश बाँध्ने डोरी किनेर आउछु भन्दै साथीहरुलाई बाटोबाट नै कोठामा जान आग्रह गरी पठाएकी उनका साथिहरुले बताएका छन् । दोहाको टेलिभिजन राउण्ड अबाउट पार गर्ने क्रममा उनलाई विपरित दिशाबाट आएको गाडीले ठक्कर दिएको थियो । घटना लगत्तै उनलाई कतार स्थित हमाद मेडिकल कर्पोरेशनको आकस्मिक कक्षमा पुर्याएपनि डाक्टरले मृत घोषणा गरेका थिए । नेपाली महिला समाजकी अध्यक्ष श्रीमति रेखा राई तथा नेपाली समाजका अगुवा सागर नेपालले अस्पतालमा गई डाक्टरसंग परामर्श लिंदा उनको पोष्टमार्टम भएपछि मात्र बाँकी प्रकृया अघि बढाउने जानकारी दिएका छन् । हाल सविना तामाङको शवलाई अस्पतालको शवगृहमा राखिएको छ ।
What’s your Reaction?
+1
+1
+1
+1
+1
+1
+1