बैदेशिक रोजगारमा गएका नेपालीको नेपालमा योगदान बढ्यो

काठमाडौं- बैदेशिक रोजगारीमा गएका कामदारहरुले पठाएको रेमिटानसले मुलुकको कूल ग्राहस्र्थ उत्पादनमा पुर्‍याउने योगदान निरन्तर बढिरहेको छ । बढ्दो रेमिटान्सले जीडीपीमा योगदान मात्रै बढाएको छैन, जीडीपीको आकार पनि बढाएको छ ।

अर्थ मन्त्रालयका सह(सचिव डा।बासुदेश शर्माले गरेको अनुसन्धान प्रतिवेदन अनुसार आगामी आर्थिक वर्ष २०७२र०७३ मा रेमिटान्सले जीडीपीमा ३२ देखि ३५ प्रतिशत योगदान दिने प्रक्षेपण गरिएको छ । विदेशिने कामदारको प्रवृत्ति र त्यसबाट प्राप्त हुनसक्ने संभावित रेमिटान्सले ३५ प्रतिशतसम्म योगदान पुग्ने प्रक्षेपण गरिएको शर्माले बताए ।

‘प्रत्येक वर्ष रेमिटान्सको जीडीपीमा बढ्दो योगदान छ, यसलाई आधार मानेर हालकोभन्दा आगामी वर्ष ३ देखि ५ प्रतिशत बढी योगदान हुने देखिन्छ’ उनले भने ।

यो वर्ष जीडीपीमा रेमिटान्सको योगदान २९ प्रतिशत रहेको उनले बताए । आर्थिक वर्ष २०६१र०६२ मा जीडीपीमा रेमिटान्सको योगदान ११ प्रतिशत थियो ।

रेमिटान्सको वृद्धिदरसँगै जीडीपीको आधार पनि बढ्दै गएको अनुसन्धानले देखाएको छ । दोस्रो जनआन्दोलन भएको वर्ष आव २०६२र०६३ मा यस्तो योगदान १४ प्रतिशत थियो । त्यसैगरी, ०६३/०६४ मा १३ प्रतिशत, ०६४/०६५मा १७ प्रतिशत, ०६५/०६६मा २१ प्रतिशत, ०६६/०६७मा १९ प्रतिशत, ०६७/०६८मा १८ प्रतिशत, ०६९/०७०मा २३ प्रतिशत, ०७०/०७१ मा २५ प्रतिशत र २०७१/०७२ मा २९ प्रतिशत रहेको प्रतिवेदनमा उल्लेख छ ।

त्यसैगरी, आव २०६१/०६२ मा ५ खर्ब ८९ अर्ब रुपैयाँ रहेको जीडीपीको आकार २०७१/०७२ मा आइपुग्दा १९ खर्ब २८ अर्ब रुपैयाँ पुगेको छ । प्रत्येक वर्ष जीडीपीको आकार बढेको छ ।

त्यस्तै, आव २०६२/०६२ मा ६५ अर्ब रुपैयाँ आएको रेमिटान्स २०७०/०७१ मा आइपुग्दा ५ खर्ब ६० अर्ब रुपैयाँ पुगेको छ । २०६२/०६३ देखि रेमिटान्स खर्ब नाघेको हो ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय