नेपालका १ नम्वर तस्कर मलेसियामा पक्राउ

काठमाडौं- नेपालमा गैंडा सिकार र खाग तस्करी गरेर फरार एक व्यक्ति मलेसियामा पक्राउ परेका छन् । इन्टरपोलमा रेडकर्नर नोटिस जारी गरिएका चितवन कोरकका राजकुमार प्रजालाई मलेसियाली प्रहरीले पक्राउ गरेको हो । नाम बदलेर भक्तराज गिरीका नाममा क्वालालम्पुरमा बसिरहेका उनलाई डेराबाट पक्राउ गरिएको हो । उनलाई केही दिनमै नेपाल ल्याइने स्रोतले जनायो । प्रजा गैंडा सिकार गर्ने पहिलो नम्बरको व्यक्ति मानिन्छन् ।

चितवन राष्ट्रिय निकुञ्जले उनीविरुद्ध १० भन्दा बढी गैंडाको सिकार गरेको अभियोगमा अनुसन्धान गरी १५ वर्ष कैद सजाय र जरिवाना तोकेको छ । सुरक्षा निकायले प्रजा समूहका १३ जनालाई पक्रेर मुद्दा दर्ता गरेको थियो । एक वर्षअघि उक्त समूहका बुद्धिबहादुर प्रजा पक्राउ परेपछि राजकुमार मलेसिया पुगेको पत्ता लागेको थियो । त्यसपछि नेपाल प्रहरीको अनुरोधमा मलेसियाली प्रहरीले उनको खोजी गरेको थियो ।

प्रहरी अधिकारीका अनुसार वन्यजन्तु सिकारी र तस्करीमा लागेकालाई सुरक्षा निकायले खोज्न थालेपछि उनी ०६७ असोजमा गोर्खा जिल्लाबाट नक्कली नाममा नागरिकता र त्यसैका आधारमा परराष्ट्र मन्त्रालयबाट राहदानी लिएर मलेसिया पुगेका थिए । उनले जिल्ला प्रशासन कार्यालय गोर्खाबाट भक्तराज गिरीका नाममा नागरिकता बनाएका थिए । नक्कली परिचयमा भागेको पत्ता लागेपछि नेपाल प्रहरीले ०७० कात्तिकमा रेडकर्नर नोटिसका लागि अनुरोध गरेर पठाएको थियो । इन्टरपोलले त्यसको डेढ महिनापछि रेडकर्नर जारी गरिदिएको थियो ।

कान्तिपुरबाट

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Custom Fields: