सिओल नेपालका लागि छुट्याएको ६४ सय ३१ कोटामध्ये साना उद्योग र कृषि तथा पशुपालन क्षेत्रमा २० प्रतिशत कामदार माग भएअनुसार प्रक्रिया अगाडि बढाइएको एचआरडी कोरियाले सार्वजनिक गरेको छ ।
इपिएस भाषा परीक्षा पास गरी श्रम संझौताको प्रतिक्षामा रहेका नेपाली कामदारहरुका लागि अब धमाधम श्रम संझौता आउने छ । कृषि तथा पशुपालन क्षेत्रका लागि जनवरीमा ७० र अप्रिलमा ३० प्रतिशत गरी दुर्इ चरणमा ल्याउने छ भने उत्पादनमुलक क्षेत्रमा अक्टोबरसम्म माग हुने बताइएको छ ।
एकपल्ट भाषा परीक्षा उत्तीर्णहरू रोजगारका लागि दुई वर्षसम्म योग्य हुने रोजगार तथा श्रम मन्त्रालयले जनाउदै आएको छ ।