एक नेपाली युएईमा बेहोस अवस्थामा अस्पताल भर्ना

रसअलखेइमह – ताप्लेजुङ घर भई युएईको रसअलखेइमा स्थित इम्बा पेन्ट्स कम्पनीमा कार्यरत सोनाम शेर्पा (सुजन) स्थानीय एक अस्पतालको आईसीयु कक्षमा बेहोसी अवस्थामा भर्ना भएका छन । उनलाई शुक्रबार बिहान ९ बजे तिर घाइते अवस्थामा स्थानीय प्रहरीले उद्दार गरेर अस्पताल पुर्याएको थियो । उनको स्वास्थ्य स्थिती एकदमै चिन्ताजनक रहेको जनाईएको छ ।

रसअलखेमहको लालटीन राउन्डअबाउट छेउ स्कुटर रोकेर अर्ध बेहोसी अवस्थामा उनलाई उद्दार गरिएको निजका साथी पासाङ शेर्पाले जनाएका छन । शुक्रबार छुट्टी हुने भएकोले उनी बिहीवार राती अबेरसम्म साथीहरु सँग रमाइलो गरेर बसेका थिए । उनी बिहान ५:३० को समयमा साथीलाई कोठा सम्म छोडेर फर्केको बताईए पनि दुर्घटना कतिखेर र कसरी भएको हो भन्ने बारे केही थाहा हुन सकेको छैन ।

मिठो गायनकला भएका शेर्पा छोटो समयमा रसअलखेइमहबासी नेपालीहरु बिच लोकप्रिय बन्दै गईरहेका थिए । एनआरएनए, रसअलखेमह र नेपाली जनप्रगतिशिल मन्च, रसअलखेइमहले निजको शिघ्र सुस्वास्थ्यको कामना ब्यक्त गरेको छ ।

 जनार्दन सुबेदी

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Custom Fields: