‘मलेसियामा नेपाली कामदारको अभाव हुन सक्ने’

क्वालालम्पुर- मलेसियाले भिसा सम्वन्धि काममा बढाएको झण्झट र शुल्कका कारण मलेसियामा नेपाली र इण्डोनेसियाली कामदारको अभाव हुन सक्ने आशंका सुरु भएको छ । मलेसियामा घरेलु कामदार र सुरक्षा गार्डको अभाव हुन सक्ने बताइएको हो ।

मलेसियाको स्टार अनलाइनले इण्डोनेसियाको म्यानपावर सप्लायर कम्पनी(इम्सा)ले त्यहाँको संसद तथा बैदेशिक रोजगार सम्वन्धि काम गर्ने मन्त्रालयलाई मलेसियामा कामदार पठाउन बन्देज लगाउन आग्रह नै गरिसकेको छ ।

इम्समा इण्डोनेसियाका ५ सय बैदेसिक रोजगार कम्पनीहरु संलग्न छन् । इम्सले भिसा शुल्कमा गरिएको बृद्धि फिर्ता नगरेसम्म कामदार नपठाउन आग्रह गरेको छ । मलेसियाले केहि समय अघि भिसा शुल्कमा भारी बृद्धि गरेको थियो । भिसा प्रोसेसिंगका लागि भन्दै शुल्क बढाइएको र सो कामका लागि एक कम्पनीलाई जिम्मेवारी दिइएपछि कामदार पठाउने मुलुकसँगै मलेसियामा नै पनि यसको विरोध हुँदै आएको छ ।

Malaysia 1

मलेसियन एशोसिएन अफ फरेन मेड एजेन्सी(पापा) का उपाध्यक्ष फो युंग होइले नेपालले पनि शुल्क बृद्धिपछि कामदार पठाउन अनिच्छा देखाउन थालेको बताउनुभयो । मलेसियाको भिसा व्यवस्थापन गर्ने कम्पनीले भिसा प्रोसेसिंगका नाममा मलेसिया आउन चाहने नेपाली कामदारसँग बढी रकम असुल्न थालेपछि नेपालमा पनि समस्या सुरु भएको उनको भनाइ छ ।

Nepali on strike Malaysia 2

भिसा शुल्क बृद्धिसँगै बायोमिटिकको नाममा स्वास्थ्य परिक्षणमा शुल्क बढ्ने गरी सिमित संस्थाहरुलाई स्वास्थ्य परिक्षण गर्ने जिम्मेवारी दिइएका कारण समस्या बढेको पापाका उपध्यक्ष होइकोे भनाइ छ । श्रम तथा रोजगार मन्त्रालयका सल्लाहकार रमेश कोइरालले यसका बारेमा मलेसियाको सम्वन्धित निकायमा नेपाल सरकारले यसअघि नै सहयोगको आग्रह गरिसकेको भन्दैै त्यसका बारेमा मलेसियाले सकारात्मक निर्णय गर्ने अपेक्षा गरिएको बताए ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय