प्रवासी सिङगिङ्ग आईडलको सेमिफाईनल शुक्रवार हुने

घनश्याम पराजुली (कृष्ण),दोहा- प्रवासी नेपाली सांगीतिक परिवार र समाज सेवा अभियान रुपन्देहीले गायन क्षेत्रका नयाँ प्रतिभाको खोजी कार्य गरिरहेको छ । ६० जना भन्दा बढी सहभागिहरु मध्येबाट पहिलो अडिसनमा ४४ जना छनोट भएका थिए ।

दोश्रो अडिसनबाट २९ जना र तेश्रो अडिसनमा टप २० छनोट भए । आगामी ३० जनवरी शुक्रवारका दिन चौथो राउण्ड तथा सेमीफाईनल छनोट हुनेछ ।

चौथो अडिसनपछि टप २० मध्ये १० जनाले प्रवासी नेपाली सिङगिङ्ग आईडलबाट बिदा लिनेछन भने १० जना टपटेनका लागि भिड्नेछन । प्रवासी नेपाली सिङगिङ्ग आईडलको निर्णायक मण्डलमा देवीका केसी, सन्तोष परियार र दिनेश लिम्बु रहेका छन । त्यस्तै परिवेक्षयकमा बिमल गुरुङ्ग, राकेश चाम्लिङ्ग, देवराज न्यौपाने र शिव गौतम रहेका छन ।

Qatar Singing Idol 2 (1)

प्रवासी नेपाली सिङगिङ्ग आईडलको विजेताले रु १ लाख नगद पुरस्कार, उपविजेताले ५० हजार नगद पुरस्कार र तेश्रो स्थानमा आउनेले २५ हजार नगद पुरस्कार पाउनेछन । बिजेताहरुलाई आयोजक संस्थाले एब्लवम रेकडिङ्ग, निशुल्क संगित कक्षा लगायतका आर्कषक अवसर दिने जनाएको छ ।

Qatar Singing Idol

सेमिफाईनल राउण्डका लागि, सुपेन्द्र राई, सुमन मगर, सरुक सुन्दास, रामकुमार राई, मधु लामा, शेरबहादुर लिम्बु, कविन गुरुङ्ग, दामोदर न्यौपाने, अर्जुन खरेल, अमृत लिम्बु, रविन शिवा, रेसम गुरुङ्ग, पिंकी थापा, शुभराज राई, ललितकुमार लिम्बु, केशव तामाङ्ग, ज्योती गुरुङ्ग, दिलकुमार बि.क., छवी रास्कोटी, विजय भण्डारी टप १० का लागि शुक्रबार भिड्ने छन । प्रवासको ठाउँमा आफ्नो कला प्रस्तुती गर्ने अवसर पाएकोमा प्रतिस्पर्धीहरु अत्यन्तै खुसी छन ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय