काठमाडौंमा एक मलेसियाली महिलाको मृत्यु, एकको उपचार हुँदै

ललितपुर , माघ १३ – विनायक कोलोनीमा ब्रिकेट  बालेर सुतेका मलेसियाली एक नागरिकको मंगलबार मृत्यु भएको छ । अर्का एक जनाको नर्भिक अस्पतालमा उपचार भइरहेको छ । मृत्यु भएकामा रुरल डेभलोपमेन्टमा भोलिन्टरको रुपमा कार्यरत ‘ए ३३४७०३३६’ नम्बरको पासपोर्ट भएकी ज्याकलिन छन् । उनको साथी ‘ए २३४५१७४६’ नम्बरको पासपोट भएकी आनाको उपचार भइरहेको प्रहरीले जनायो । ललितपुर प्रहरीका अनुसार दुवै जना सैबु-९ स्थित राज कणिर्कारको घरमा पाहुनाको रुपमा गएका थिए । कोठा चिसो भएकाले ब्रिकेट  बालेर सुतेका थिए । बिहान कणिर्कारका दिदी बसन्त लक्ष्मी औषधी लिन उनीहरु सुतेको कोठामा जादा धुवाले भरिएको र दुवै बेहोस आवस्थामा भेटिएका थिए । तत्काल उपचारका लागि अस्पतालका पुर्‍याएको थियो । कान्तिपुरबाट

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय