कतारमा हृदयाघातका कारण मृत्यु हुने नेपालीको संख्या घट्यो

दिपक पुडासैनी, दोहा- कतारमा सन् २०१४ मा ६० जना नेपालीको मृत्यु हृदयाघातका कारण भएको छ । कतार स्थीत नेपाली दुतावासको तथ्याँक अनुसार कतारमा नेपालीले ज्यान गुमाउने सवैभन्दा मुख्य कारण हृदयाघात नै देखिएको छ ।

तर यो सन् २०१३ मा हृदयाघातका कारण मृत्यु भएका नेपालीको संख्या भन्दा कम हो । सन् २०१३ मा ९४ जना नेपालीको निधन हृदयाघातका कारण भएको थियो । सन् २०१३ मा ज्यान गुमाएका १ सय ८९ नेपाली मध्ये ९४ जनाको निधन हृदयाघातबाट भएको थियो । सो बर्ष जुलाईमा १४ जना, फेब्रुअरीमा ११ जना तथा अगष्टमा १० जना नेपालीको मृत्यु भएको थियो ।

दुतावासले दिएको तथ्याँक अनुसार सन् २०१४ मा मार्च, जुन र जुलाई महिनामा ९ ९ जना नेपालीले हृदयाघातका कारण ज्यान गुमाएका छन् । यसैगरी अप्रिल, मे र सेप्टेम्वरमा ८ ८ जना नेपालीको निधन हृदयाघातकै कारण भएको देखिएको छ । नोभेम्वर महिनामा भनें नेपालीको मृत्यु हृदयाघातबाट भएको देखिन्न ।

कतार लगायतका मुलुकमा धेरै आप्रवासी कामदारको मृत्युलाई सामान्य बनाउन चिकित्सकले समेत हृदयाघातका कारण भन्ने उल्लेख गरिदिने गरेको गुनासो छ ।

२०१४ मा १ सय ७६ नेपालीले ज्यान गुमाए सन् २०१४ मा कतारमा १ सय ७६ नेपालीको मृत्यु भएको छ । यो अघिल्लो बर्षको भन्दा कम हो । सन् २०१३ मा कतारमा १ सय ८९ जना नेपालीको मृत्यु भएको थियो ।

कतार स्थीत नेपाली दुतावासका अनुसार सवैभन्दा धेरै नेपालीको मृत्यु अप्रिल महिनामा भएको छ । अप्रिलमा २४ जना नेपालीले जयान गुमाएका थिए । त्यसमध्ये ८ जनाको हृदयाघातबाट मृत्यु भएको थियो । यसैगरी सडक दुर्घटनामा परेर ६, श्वासप्रश्वास सम्वन्धि समस्याले ४ जना, आत्महत्या गरी ३ जना, तथा मस्तिष्कघात र कार्यस्थलमा एक एकजनाले ज्यान गुमाएका थिए ।

यसैगरी जनवरीमा २० जना नेपालीको निधन भएको थियो । जनवरीमा सवैभन्दा धेरै कारण नखुलेको समस्याका कारण ५ जना नेपालीको ज्यान गएको थियो । हृदयाघात, सडक दुर्घटना, आत्महत्या तथा कार्यस्थलमा तीन तीन जनाको मृत्यु भएको दुतावासको तथ्याँक छ ।

यसैगरी फेबु्रअरीमा १६ जना नेपालीले ज्यान गुमाएका थिए भनें मार्चमा १९ जना नेपालीको ज्यान गएको थियो । मार्चमा ज्यान गुमाउने मध्ये ९ जनाको मृत्यु हृदयाघातका कारण भएको थियो ।

मे महिनामा २० जना, जुनमा २१ जना, जुलाईमा १४ जना तथा अगष्टमा १२ जना नेपालीले कतारमा ज्यान गुमाएका थिए । यसैगरी सेप्टेम्वरमा ८ जना। अक्टोवरमा ४ जना, नेभेम्वरमा ६ जना तथा डिसेम्वरमा १२ जना नेपालीले ज्यान गुमाएको तथ्याँक छ ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय