युएईबाट कुन देशका कामदारले लगे सवैभन्दा धेरै रकम

दुवई– सन् २०१४ मा युएईबाट सवैभन्दा धेरै रकम भारत, पाकिस्तान, बंगलादेश र फिलिपिन्सका कामदारले स्वदेश पठाएका छन् । यस बर्ष युएईबाट अघिल्लो बर्षभन्दा १५ प्रतिशत धेरै रेमिट्यान्स बाहिरिएको युएईका एक्सचेन्ज हाउसहरुले जानकारी दिएका छन् । अमेरिकी डलरको मूल्य बढेका कारण आप्रवासी कामदारले पठाउने रकम पनि बृद्धि भएको हो ।

युएई एक्चेन्जका उपाध्यक्ष प्रमोथ मेघनाथले सन् २०१४ मा विभिन्न विकाशशिल देशहरुमा जाने रेमिट्यान्समा ८ देखि १० प्रतिशत बृद्धि भएको बताए । उनले अमेरिकी डलरको मूल्यमा भएको बृद्धिले रेमिट्यान्स रकममा बृद्धि भएको बताए ।

यसले ति देशका कामदारको कमाईमा बृद्धि भएको समेत तर्र्क गरे । डलर र त्योसँगै दिरामको मूल्य बढेको अवशरको सदुपयोग गर्न प्रोत्साहित गरिएका कारण पनि धेरै रकम आप्रवासी कामदारले घर पठाएका हुन् मेघनाथले भने ।

तर विश्वका १ सय ५० भन्दा धेरै देशमा शाखा कार्यालय रहेको एक्सप्रेस मनीका सिइओ सुदेश गिरियानले भनें अदक्ष कामदारले हरेक महिना घर पठाउने रकमकै कारण रेमिट्यान्समा बृद्धि भएको तर्क गरे । उनले त्यस्ता कामदारका परिवार उनीहरुमा नै आश्रित रहने भएकाले हरेक महिना उनीहरु रकम पठाउन दवावमा हुने बताए ।

विश्व बैंकको अनुमान अनुसार ४३५ करोड डलर बरावरको रकम सन् २०१४ मा विकाशशिल देशमा गएको छ । यो सन् २०१३ मा भन्दा ५ प्रतिशत धेरै हो । विश्वभरीबाट भनें भारतमा सवैभन्दा धेरै रकम रेमिट्यान्सका रुपमा भित्रिएको छ । त्यसपछि दोश्रोमा चिन, तेश्रोमा फिलिपिन्स, चौथोमा मेक्सिको र पाँचौंमा नाइजेरिया रहेका छन् । दक्षिण एसियामा भारतपछि सवैभन्दा धेरै रेमिट्यान्स भित्रियाउनेमा सातौंमा पाकिस्तान, आठौंमा बंगलादेश परेका छन् ।

एक्सप्रेस मनीका सिइओ सुदेश गिरियानले भारतको हिस्सा रेमिट्यान्समा सवैैभन्दा धेरै रहेको बताए । त्यसपछि पाकिस्तान, बंगलादेश र फिलिपिन्सको पनि धेरै रहेको छ ।

उनका अनुसार इण्डोनेसिया र अफ्रिकी मूलुकहरुमा पनि पछिल्ला केहि बर्षयता रेमिट्यान्स भित्रिने क्रम तिब्र गतिमा बढेको छ । उनले गत बर्ष युएईबाट मात्र सन् २०१३ को तुलनामा १५ प्रतिशत बढी रेमिट्यान्स बाहिरिएको बताएका छन् ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय