बैदेशिक रोजगार व्यवसायीले पत्रकारलाई ज्यान मार्छु भन्दै धम्क्याए

दमक- समाचार लेखेको विषयमा झापाका एक पत्रकारलाई बैदेशिक रोजगार व्यवसायीले ज्यान मार्ने धम्की दिएका छन् । झापाबाट प्रकाशित हुने पूर्व सन्देश दैनिकमा कार्यरत पत्रकार विष्णुप्रसाद पौडेललाई राज ओभरसिजका प्रेम श्रेष्ठले धम्क्याएका हुन् ।

पत्रिकामा प्रकाशित समाचारमा आपत्ति जनाउँदै श्रेष्ठले कार्यलयमै गएर पौडेललाई गाली गलौज गर्दै ज्यान मारिदिने भन्दै धम्क्याएका थिए । उनले आफूलाई राज ओभरसिजको दमक शाखा सञ्चालक भनेर चिनाएको पत्रकार पौडेलको भनाई छ ।

पत्रकारलाई समाचारका विषयमा यसरी दिइएको धम्की र अभद्र व्यवहारको पत्रकारसँग सम्वन्धित संघसंस्थाले विरोध गरेका छन् । प्रेस चौतारी, प्रेस युनियन, क्रान्तिकारी पत्रकार संघ, फोनिज लगायतका संघसंस्थाका झापा शाखाले संयुक्त विज्ञप्ती निकाल्दै श्रेष्ठलाई तत्काल पक्राउ गरी कारवाही गर्न माग गरेका छन् ।

विज्ञप्तीमा पत्रकारलाई धम्क्याउने, दुव्र्यवहार गर्ने, गालाीगलौज गर्ने र अमर्यादित व्यवहार गर्ने काम बन्द हुनु पर्ने भन्दै पत्रकारको सुरक्षामा संवेदनशिल हुन आग्रह गरिएको छ ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय