
दुवई, हत्याको धम्की दिएर एक फ्रान्सेली महिलालाई बलात्कार गर्ने एक अरबी पुरुष विरुद्ध अदालतमा मुद्धा दायर भएको छ । फ्रान्सेली महिलालाई मार्ने धम्की दिएर आफ्नो कारमा हालेर अनकण्टार मरभूमिमा पुर्याएर बलात्कार गर्ने ति व्यक्ति २५ बर्षे खालिज टाइम्सले खवर लेखेको छ ।
ति महिलाले आफुलाई बलात्कार गरिएको र ज्यान मार्ने धम्की दिइएको अदालतलाई बताएकी छिन् । तर ति पुरुषले भनें आफुले बलात्कार गरेको नभई सहमतिमा यौन सम्वन्ध राखिएको दावी गरेका छन् ।
युएई घुम्न आएकी ति २२ बर्षिय फ्रान्सेली पर्यटकले आफुलाई ति व्यक्तिले फोन गरेर भेट्न चाहनेको, उसले आफ्नो फार्म हाउस र उँटहरु देखाउन चाहेको बताएको अदालतलाई जानकारी दिएकी छिन् ।
तर एउटा ठाउँमा पुर्याएपछि उसले गाडी रोकेर जवर्जस्ती गर्न थालेको उनको भनाई छ । आफु गाडी बाहिर निस्कन खोज्दा त्यसको ढोका नखुल्ने गरी बन्द गरेका कारण असमर्थ रहेको उनले बताएकी छिन् । त्यसपछि उसले एउटा छुरी निकालेर मलाई तर्सायो तथा मैले कपडा नखोलेमा मारेर मरभूमिमा पुरिदिने धम्की दियो उनले भनिन् ।
उसले जवर्जस्ती गरिसकेपछि ति महिलालाई राम्रोसँग कपडा लगाइदिएर, कपाल कोरिदिएर अरु कसैलाई यसका बारेमा भनेमा राम्रो नहुने धम्की दिएर शहरमा फिर्ता लिएर आएको ति महिलाको भनाई छ । शहरमा आइपुगेपछि सो व्यक्तिले गाडीबाट झारिदिएको र आफुले तुरुन्तै प्रहरीलार्ई यसका बारेमा जानकारी गराएको ति महिलाले बताएकी छिन् ।
प्रहरीले ति महिलालाई बलात्कार गरेको फरेन्सीक रिपोर्टले समेत पुष्टि गरिसकेको बताएको छ । ति महिला निक्कै डराएकी थिइन् र उनले सो व्यक्तिको गाडीको नम्वर समेत सम्झन सकेकी थिइनन् प्रहरी अधिकारीलाई उधृत गर्दै समाचारमा उल्लेख गरिएको छ ।