मलेसियामा नेपाली महिला कामदार छन् र ? : खालिद

क्वालालम्पुर- मलेसियन टे«ड युनियन कंग्रेस(एमटीयूसी) का अध्यक्ष मोहम्मद खालिद अतानले मलेसियामा एकजना पनि रजिष्टर्ड नेपाली महिला कामदार नभएको बताएका छन् । उनले यसका बारेमा आफुले कुनै जानकारी नपाएको बताए ।

यहाँ(मलेसियामा) कोहि पनि दर्ता भएका नेपाली महिला कामदार छैनन्, न उनीहरु कारखानामा काम गर्छन् न त सेवामुलक क्षेत्रमा नै छन् उनले भनें यतिसम्मकी घरेलु कामदार पनि नेपाली महिला छन् भन्ने थाहा छैन ।

उनले मलेसियाका लागि नेपाली राजदुतको अन्तर्वार्ता पढेपछि आफु आश्चर्यचकित भएको बताए । नेपाली राजदुत डा. निरञ्जनमानसिंह बस्नेतको अन्तर्वार्ता नेपालका पत्रिका र अनलाइनहरुमा केहि समयअघि प्रकाशन भएको थियो ।

सो अन्तर्वार्तामा नेपाली महिलाले दासीको जस्तै व्यवहार खेप्नु परेको भनिएको र मलेसियालाई नर्क समेत भनिएको मलेसियन डाइजेष्टले समाचार लेखेको छ ।

मलेसियामा आप्रवासी कामदारमाथि दुव्र्यवहार हुने गरेको छ भन्ने प्रश्नमा मोहम्मद खालिदले त्यसो हुने गरेको बताएका छन् । तर उनले नेपाली महिला कामदार रहेकै बारेमा आफु अनभिज्ञ रहेका कारण नेपाली कामदारका सन्दर्भमा भनें केहि भन्न नसक्ने बताए ।

उनले पत्रिकामा भनिएजस्तो खराव अवस्था भनें नभएको तर्क गरे । हो एकादुई घटना छन् तर सिंगो मलेसियामा त्यस्तो अवस्था छैन उनले भनेका छन् । कामदार माथि हुने दुव्र्यवहारको सन्दर्भमा भनें मलेसियाको स्थीति राम्रो छैन ।

बर्षमा एकसयको हाराहारीमा दुव्र्यवहारको उजुरी पर्ने गरेको भन्दै खालिदले यसमा दुव्र्यवहार, मानव तस्करी तथा जवर्जस्ती काममा लगाइएको हुने गरेको बताए । लाखौं आप्रवासी कामदार कार्र्यरत रहेको ठाउँमा यो सामान्य भएको उनको तर्क छ । यस्ता गुनासोहरु आइएलओलाई समेत पठाउने गरिएको उनले बताए ।

आइएलओका प्रतिनिधि आनी सातियागोले मलेसियाका पेनाङ, क्वालालम्पुर, सेलांगार तथा जोहारमा रहेका कम्पनीहरुलाई अन्तराष्टिय मान्यता अनुरुप सञ्चालन हुने गरी काम गर्न आफूहरुले काम गरिरहेका बताइन् । आइएलओले त्यसका लागि हालै व्यवहारिक निर्देशिका समेत जारी गरेको उनको भनाइ छ ।

नेपाली महिला कामदारका बारेमा सोधिएको प्रश्नमा उनले पनि अनभिज्ञता जाहेर गरिन् ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय