
कुवेत सिटी- कुवेतको एक अदालतले एक महिलालाई बलात्कार गरेको अभियोगमा दुईजना व्यक्तिलाई ५३ हजार केडी(झण्डै पौने दुई करोड रुपैंया) जरिवानाको फैसला गरेको छ ।
कुवेतका महान्यायाधिवक्ताले ति महिलाले उनका केहि साथिलाई बेलुकीको खाना खान उनको अपार्टमेण्टमा बोलाएको बताएका छन् । उनले उनीहरुलाई खाना खुवाइसकेर थाकेर कोठामा गएर सुतेपछि दुई व्यक्तिले उनको कोठाको ढोका फोरेर भित्र पसेको जनाइएको छ ।
ति महिलालाई बलात्कार गर्नुका साथै उनको नगद, मोवाइल फोन तथा एटिएम कार्ड समेत लुटेर ति दुई व्यक्ति भागेको समाचारमा उल्लेख छ ।
प्रहरीको खोजिमा पक्राउ परेको ति व्यक्तिलाई बलात्कार, कुटपीट र चोरीको अभियोगमा यस्तो सजाय सुनाइएको हो । न्यायाधिसले ति महिलाको अस्मिता लुटेको, दुव्र्यवहार गरेको तथा भौतिक र मनोवैज्ञानिक रुपमा काम गर्न मुस्किल पर्ने अवस्थामा पुर्याएको भन्दै यस्तो सजाय दिइएको फैसला गरेका छन् ।