साउदीको जेलमा यातना भोग्दै एक नेपाली

बैदेशिक रोजगारीका क्रममा साउदी अरेबियामा काम गर्दा गर्दै दुर्घटनामा परेका धनुषाका एकजना युवा जेलमा यातना भोगिरहेका छन् ।गाविस पुष्पवलपुर वडा नं–१ रतनपुरका संजीव कुमार यादव साउदी अरेबियाको केन्द्रिय जेल अलहासामा यातना भोगिरहेका हुन् ।

पीडित यादवका साथी संजय कुमार यादवका अनुसार, संजीव कार्यरत कम्पनीले तलव सम्बन्धी विवादलाई लिएर उनलाई पक्राउ गराएपछि उनी जेल परेका हुन् ।

नेपालको डायना ओभरसिज मेनपावर कुपनण्डोलबाट करिब ३ बर्ष अघि चालकको भिषामा साउदी अरेबियाको “मोहम्मद– हल – मोबारक” कम्पनीमा काम गर्न पुगेका संजीव करिब २ बर्ष जति काम गर्दा सवारी दुर्घटनामा पर्दा एक जना भारतीय नागरिकको मृत्यू भएको थियो । सो घटनामा उनी पनि गम्भिर घाईते भएका थिए ।

सो दुर्घटनामा भारतीय नागरिक शाहिद मोहम्मदीनको गल्ती रहेको उनका परिवारजनले पनि स्वीकार्दै संजीवलाई कुनै अपराधिक प्रकरणको मुद्दा नलगाएपनि कम्पनीको कारण उनी जेलमा रहेको जनाइएको छ ।

दुर्घटनाका क्रममा संजीव स्वंयम घाइते भई ५ महिना अस्पतालमा उपचारपछि कम्पनीमा काम गर्न जांदा कम्पनीले सबै सुविधाहरु कटौती गरेको र सो सम्बन्धमा संजीवले कम्पनीसंग बुझ्न खोज्दा उनलाई जेल चलान गरिएको उनका साथी संजयले जानकारी दिए ।

उनका अनुसार, संजीवको आर्थिक अवस्था अत्यन्तै कमजोर रहेको र उनलाई जेलबाट मुक्त हुन करिब ८३ हजार रियाल (झण्डै २२ लाख नेपाली रुपैया) घरौटी राख्नुपर्ने अवस्थाका कारण पनि संजीवले यातना भोग्नुपरिरहेको छ ।

संजीवले साउदी अरेबिया स्थित नेपाली राजदुतावास रियादमा आफैले पनि सम्पूर्ण विवरण सहितको दिई रिहाइको लागि पहल गरिदिन आग्रह गरेको १ बर्ष भईसक्दा पनि कुनै पहल नभएकोले नेपाल सरकारले आफनो परिवारको विपन्नतालाई ध्यानमा राखि छोराको रिहाइका लागि पहल गरिदिन संजीवका बुवा रामकलाई यादबले आग्रह गरेका छन् ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय