कतारलाई नेपाली कामदारको न्यूनतम तलव बढाउन दवाव

दोहा- कतारले नेपाली कामदारको तलव बढाउन नेपाल सरकारका तर्फबाट दवाव परिरहेको बताएको छ ।

नेपालका सरकारी अधिकारीलाई उध्रित गर्दै गल्फ टाइम्स लेख्छः नेपालले आफ्नो कुटनीतिक संयन्त्र मार्फत न्यूनतम तलव बृद्धिको प्रस्ताव पठाएको हो ।

पूर्व श्रम सचिव सुरेशमान श्रेष्ठलाई उध्रित गर्दै लेखिएको समाचारमा नेपालले न्यूनतम तलव सहितको सम्झौता पत्रमा इच्छा जाहेर गरेपनि कतारले त्यसमा चासो नदेखाएको जनाइएको छ ।

कतारमा ४ लाख नेपाली कार्यरत रहेको अनुमान गरिएको छ । त्यसमध्ये धेरैजसो तल्लो तहको काम, थोरै कमाई हुने निर्माण श्रमिकका रुपमा कार्यरत छन् ।

नेपालमा पछिल्ला केहि बर्षयता रेमिट्यान्सको महत्व धेरै ठूलो छ । विदेशमा काम गर्ने नेपालीले कमाएर पठाउने रकमको कुल गार्हस्थ्य उत्पादनमा ठूलो योगदान छ । सन् २०१३ को विश्व बैंकको तथ्याँक अनुसार नेपालमा कुल गार्हस्थ्य उत्पादनमा रेमिट्यान्सको योगदान २८ दशमलव ८ प्रतिशत रहेको छ ।

यस अवस्थामा विदेशमा काम गर्ने आफ्ना नागरिकको तलव बृद्धिले देशको आर्थिक अवस्था सुधार्न महत्वपूर्ण योगदान गर्छ । त्यसैले नेपालले कतार, जहाँ दोश्रो धेरै संख्यामा कार्यरत छन्, न्यूनतम तलव बृद्धिका लागि प्रयास गरिरहेको छ ।

Perl Qatar 2

तर गल्फ न्यूजले नेपालको यो प्रयासले उल्टैै घाटा पुगन सक्ने शंका गरेको छ । सन् २०१२ मा फिलिपिन्सले कतारमा घरेलु काममा आउने कामदारको न्यूनतम तलव १ हजार ४ सय ५७ रियाल बनाएपछि फिलिपिनो घरेलु कामदारको संख्या हजारौंको संख्यामा कतारमा घटेको उदाहरण समाचारमा उल्लेख गरिएको छ । यसले फिलिपिनो महिलाका लागि भिसा जारी गर्न अनौपचारिक रुपमा बन्देज नै जस्तै लागेको थियो ।

Qatar Mazara

कतारले आफ्ना तर्फबाट न्यूनतम तलव तोकेको छैन । विभिन्न कम्पनीहरुले आफ्नो आवश्यकता अनुरुप तलव दिएर कामदार विभिन्न देशबाट मगाउने गरेका छन् । त्यसैले कतारमा न्यूनतम तलव भनेको सो कम्पनीको आवश्यकता र कुन देशका कामदार मगाउने भन्ने कुरामा निर्भर हुने गरेको छ ।

एक म्यानपावर कम्पनीका प्रतिनिधिका अनुसार कतारमा भारतीय कामदारप्रति यहाँका कम्पनीहरु बढी आकर्षित छन् । उनीहरु न्यून तलवमा धेरै खटेर काम गर्न सक्ने भएका कारण कम्पनीहरुले भारतीय कामदारलाई प्राथमिकता दिने गरेको ति व्यक्तिले बताएका छन् ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय