एक नेपाली मलेसियामा बेपत्ता

मलेसिया- काम गर्न चार बर्ष अघि मलेसिया आएका एक नेपाली बेपत्ता भएका छन् । पाल्पाको छहराका नरबहादुर खत्री एक बर्ष अघिदेखि बेपत्ता भएका हुन् । बिसं २०६७ साउन १५ गते मलेसिया आइपुगेका उनी तीन बर्षसम्म परिवारको सम्पर्कमा थिए । उनले हरेक महिना पैसा समेत घर पठाउने गरेको उनका नाताका भाइ केशव थापाले बताएका छन् । थापाका अनुसार एक वर्ष अघि पुरानो कम्पनी छोडेर वबैधानिक रुपमा उनले काम थालेका थिए । त्यसयता भनें नरबहादुर सम्पर्क विहिन भएको थापाको भनाइ छ । खत्री यसरी मलेसियामा एकाएक सम्पर्कविहिन भएपछि उनको परिवारमा तनाव बढेको छ । खत्रीका श्रीमती र २ छोरी छन् ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय