विदेशमा बस्दा कसरी जोगिने एचआइभीबाट ?

तपाई कामको सिलसिलामा विदेशमा हुनुहुन्छ भनें तपाईले स्वास्थ्य सम्वन्धि सचेतना अपनाउनु जरुरी हुन्छ । गर्मी मुलुकमा हुनुहुन्छ भनें पर्याप्त मात्रामा स्वच्छ पिउने पानी पिउनु, राती सुत्दा कोठालाई एसीको सहयोगले धेरै चिसो बनाएर सुत्नु हुन्न । यसैगरी मादक पदार्थ पनि खानु हुन्न । धेरै नेपालीको मृत्यु यस्तै कारणले हुने गर्दछन् । यससँगै अपनाउनु पर्ने सचेतना भनेको एचआइभीबाट जोगिने विषयमा हो । धेरै नेपाली विदेशबाट काम गरेर फर्किंदा थोरै रकमसँगै एचआइभी जस्तो गम्भीर संक्रमण समेत बोकेर फर्किन्छन् । त्यसैले तपाई विदेशमा हुनुहुन्छ भनें यी कुरामा ध्यान दिनु जरुरी छ: कसरी सर्छ एचआइभी ? असुरक्षित यौनसम्पर्क राख्दा सङ्क्रमित रगत तथा रगतजन्य पदार्थहरु प्रयोग गर्दा निर्मलीकरण नगरिएका एचआइभी सङ्क्रमित सुई, सिरिन्ज तथा रगत प्रयोग गर्दा एचआईभी सङ्क्रमित आमाबाट जन्मने बच्चामा के कुरामा ध्यान दिनुपर्छ ? शारिरीक वा मानसिक रुपमा परिपक्व नभई यौन सम्पर्क नराख्ने आफ्नो विश्वासिलो एकजना यौन साथिसँग मात्र सुरक्षित यौन सम्पर्क राख्ने र एकअर्काप्रति सधैं वफादार रहने आफ्नो विश्वासिलो यौन साथि बाहेक अरु कसैसँग यौन सम्पर्क राख्नु पर्ने भएमा हरेक पटकको यौन सम्पर्कमा अनिवार्य रुपमा र सहि तरिकाले कण्डमको प्रयोग गर्ने समलिंगि यौन सम्वन्ध भएमा समेत अनिवार्य रुपमा कण्डम प्रयोग गर्ने रगत लिनुदिनु परेमा एचआइभी परिक्षण भएको रगतजन्य पदार्थ मात्र प्रयोग गर्ने कुनै पनि सुई, सिरिन्ज र रगत प्रयोग गर्दा वैज्ञानिक रुपमा निर्मलीकरण गरिएको वा नयाँ मात्र प्रयोग गर्ने सङ्क्रमित पुरुष वा महिलाले बच्चा जन्माउन चाहेमा डाक्टरसँग राम्ररी सल्लाह तथा सुझाव लिने यौनजन्य सङ्क्रमण भएमा बेलमा डाक्टरको सल्लाह लिई पूर्ण उपचार गराउने बैदेशिक रोजगार प्रश्नोत्तरबाट

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय