
काठमाडौं- वैदेशिक रोजगार विभागको निर्देशन बमोजिम ४४ म्यानपावर एजेन्सीले आर्थिक कारोबार र एजेन्ट तथा शाखा कार्यालयको विवरण बुझाएका छैनन् । विवरण पठाउन २ पटकसम्म समय थप गरे पनि म्यानपावर एजेन्सीले बेवास्ता गर्दै आएका छन् ।
विभागले म्यानपावरको आर्थिक तथा त्यससँग सम्बन्धित विवरण पठाउन पुस २७ गतेसम्मको समय तोकिएको थियो । त्यस अवधिमा ७०७ म्यानपावर एजेन्सीले विवरण बुझाएका छन् । विवरण नबुझाएका म्यानपावर एजेन्सीलाई सातादिनभित्र विवरण पठाउन पुनः निर्देशन दिइसकेको विभागले जनाएको छ ।
विभागका प्रवक्ता बद्रीकुमार कार्कीले २ पटकसम्म म्यानपावर एजेन्सीको ३ वर्षको आर्थिक विवरण, शाखा कार्यालय, एजेन्ट, कामदारको संख्या र कर्मचारीको विवरण पठाउन निर्देशन दिए पनि अझैसम्म ४४ म्यानपावरको विवरण नआएको जानकारी दिए । “नबुझाउने म्यानपावर एजेन्सीलाई अन्तिमपटक सचेत गरी ७ दिनभित्र विवरण पठाउन निर्देशन दिएका छौं,” उनले भने, “अबको समयभित्र विवरण नबुझाए वैदेशिक रोजगार ऐनबमोजिम कडा कारबाही गरिनेछ ।”
व्यवस्थापिका–संसद्को अन्तर्राष्ट्रिय सम्बन्ध तथा श्रम समितिले म्यानपावर एजेन्सीमा आर्थिक अनियमितता भइरहेको भन्दै सम्पूर्ण विवरण पेस गर्न विभागलाई निर्देशन दिएको थियो । विभागले म्यानपावर एजेन्सीको नवीकरण विवरण, संस्था प्रमुख, कर्मचारी संख्या तथा नामावली, एजेन्ट तथा शाखा कार्यालयको संख्या, म्यानपावरले व्यक्ति तथा संस्थाहरूसँग गरेको आर्थिक कारोबारको बिल, विदेश पठाएको कामदारको संख्या र विभिन्न प्रक्रियागत कागजात पठाउन निर्देशन दिएको थियो । “विवरण समयमै नपठाउँदा धेरै समस्या भएको छ,” कार्कीले भने, “संसदीय समितिले पनि विवरणको ताकेता गरिरहेको छ ।”
म्यानपावर एजेन्सीले ८० हजार रुपैयाँ रसिद दिएर १ लाख ६० हजार रुपैयाँ असुल्ने, हुन्डीमार्फत रकम पठाउने र विदेशमा अलपत्र पार्ने काम भइरहेको संसदीय समितिको निष्कर्ष थियो । यस्तैगरी कामदार शव ल्याउन ढिलाइ हुनुका साथै ठगी गर्नेलाई कारबाही शून्यजस्तै भएको संसदीय समितिको दाबी थियो ।
विवरण नबुझाउने म्यानपावर
ग्यालेक्सी युनिभर्सल सर्भिसेज अरुण ओभरसिज हिमाल मेनपावर इम्प्लोयमेन्ट सर्भिसेज फल्कन इन्टरनेसनल वल्र्ड भिजन इन्टरनेसनल सर्भिस प्रिसियस इन्टरनेसनल निड इम्प्लोयमेन्ट सर्भिस दियालो ह्युमन रिसोर्स न्यु ब्लुस्टार ओभरसिज इसान रिक्रुटमेन्ट सर्भिस क्षितिज इम्प्लोयमेन्ट सर्भिस युनिभर्सल कनेक्सन मुगम इम्प्लोयमेन्ट सर्भिस सुकर्म ओभरसिज फिस ल्याडर इम्प्लोयमेन्ट सर्भिसेज पिस नेपाल ओभरसिज सत्यमाई ओभरसिज अलामदेवी एसोसिएट्स निविदा कन्सर्न सीई ओभरसिज एड्भान्सड ह्युमन रिसोर्स युथ म्यानपावर सदीक्षा ओभरसिज सारथी ओभरसिज रिक्रुटमेन्ट डेक एजेन्सी मास्टर जब अल कर्निस ओभरसिज कनेक्सन इम्प्लोयमेन्ट जे एन्ड टी गोर्खा आसियन क्रु मल्टिपर्पोज कम्पनी ह्याप्पी नेपाल इम्प्लोयमेन्ट डाइनामिक स्टाफिङ सोलुसन नेपाल स्काइ वे म्यानेजमेन्ट कन्काइ जब प्लेसमेन्ट गल्फ कनेक्सन रिक्रुटमेन्ट सर्भिस क्यापिटल रिक्रुटमेन्ट सर्भिस प्रोनिमेन्ट इम्प्लोयमेन्ट अल जराफा ह्युमन रिसोर्स कन्सल्टेन्ट मिडल अर्बिट ओभरसिज अक्टोपस रिक्रुटमेन्ट मोभिरा एचआर सर्भिस भेलर इन्टरनेसनल सिल्भर इन्टरनेसनल ओभरसिज जब सिकर म्यानपावर एसोसिएट्स वेलकम इन्टरनेसनल
कारोवारबाट