निर्माण क्षेत्रमैं बढी रोजगारीको सिर्जना

जागिर भन्ने बित्तिकै आफुमा भएको सीपलाई उजागर गर्न समय लाग्ने रैछ । ठेकेदार वा मालिकले दिएको काम गरेपछि दायित्व पुरा हुन्छ । आँफैले काम सुरु गर्ने युवाहरुले आफुमा भएको सीपलाई तिखार्दै लान्छन् । त्यसपछि उसको त्यहि किसिमको मनग्गे आम्दानी बढ्ने भएको हुनाले स्वभाविक रुपमा आफु पनि सन्तुष्ट भईन्छ । [divider]

न्युनतम सुविधाविहीन बालबालिकाका लागि शैक्षिक कार्यक्रम(युसेप) नेपाल अन्र्तगत सञ्चालित सानो ठिमी प्राविधिक बिद्यालयले १४ विषयमा एक महिने, तीन महिने, छ महिने र एक बर्षे कार्यक्रम सञ्चालन गरिरहेको छ । संस्था आफैले एक बर्षमा चार सय जनालाई तालिम दिने कार्यतालिकामा रहेर कार्यक्रम सञ्चालन गर्दछ भने विभिन्न संस्थाहरुसँगको सहकार्यमा पनि तालिम दिदै आएको छ । युसेप नेपालले आफ्नो कार्यक्रमको २५ प्रतिशत अर्थात एक सय जनालाई छात्रवृत्तिको व्यबस्था गरेको छ । युवाहरुको सीप प्रतिको रुचि, आबश्यकता, तालिम पछिको कमाईको अवस्थाका बारेमा देशपरदेशका लागि विनोदकुमार चौलागाईले युसेप नेपालका उपनिर्देशक केशब सुवालसँग कुराकानी गरेका छन् ।

युवाहरुको आकर्षण कस्तो खालको तालिममा हुन्छ ?

वैदेशिक रोजगारीका लागी उपयोग हुने खालका तालिमहरु बढीजसो आकर्षणको केन्द्र भैरहेको छ । कुक, हेभी ईक्वीपमेन्ट, सटरीङ कार्पेन्टर, स्काफोल्डर जस्ता बिषयका तालिम लिन चाहिरहेका छन् । समग्रमा भन्नुपर्दा निर्माण क्षेत्रमा काम आउने खालका तालिम बढी देखिन्छ ।

अहिले रोजगारीको सिर्जना पनि त्यहि क्षेत्रमा बढी भएकाले हो ?

अहिले खाडी मुलुकमा निर्माण क्षेत्रको काम अत्याधिक बढोत्तरी देखिन्छ । हाम्रा युवाहरु भनेको तिनै खाडी मुलुकमा जाने हुन् । त्यसकारण बढी चासो निर्माण क्षेत्रकै तालिममा छ ।

यसको अर्थ तालिम लिन आएकामध्ये धेरै युवा विदेश जान चाहन्छन् ?

मैंले त्यसो पनि भन्न खोजेको हैन । खासमा आकर्षण छ भन्न खोजेको हो । हामीकहाँ पनि निर्माण क्षेत्रमैं बढी रोजगारी सिर्जना भैरहेको छ । आर्थिक क्रियाकलापमा अलिक कमी आएका कारण अटो मोबाईल क्षेत्र अहिले अलि सुस्त छ । त्यतातिर आकर्षण कम हुँदैछ ।

तालिम लिएका युवाहरु देश भित्रै टिकेका छन् ?

हाम्रो अनुभवमा ४० प्रतिशत वैदेशिक रोजगारीमा गएका छन् भने ६० प्रतिशत युवा नेपालमैं काम गरिरहेका छन् । हामीकहाँ तालिम लिएका युवाहरु राम्रो ठाउँमा काम गरिहनुभएको छ । सरकारी तथा नीजि कम्पनीहरुमा उहाँहरु कम गर्दैहुनुहुन्छ । आँफै पनि कम्पनी खोलेर आफ्नो सीपलाई निरन्तरता दिईरहनुभएको छ ।

स्वरोजगारको कुरालाई तपाईले अलिकति जोड्न खोज्नुभयो । अहिले सीप सिकेका धेरै युवाको प्राथमिकतामा आँफै केहि गर्छु भन्ने आँट छ । तपाईहरुकोमा सीप सिक्न आएका युवालेचाँही कस्तो भावना व्यक्त गर्नुहुन्छ ?

एकदमै ठिक भन्नुभयो, स्वरोजगारनैं हो अहिलेको युवाको चाहना । केहि बर्ष उनीहरुले अरु कम्पनीमा काम गर्छन् । केहि–केहि युवाहरु २/३ जना मिलेर पनि कम्पनी सुरु गर्नुहुन्छ । अहिले त हाउजीङ कम्पनीमा राम्रो काम पाईन्छ । सीप जानेका युवाहरुले त्यस्ता कम्पनीको अबसरलाई लिन सफल भएका छन् ।

स्वरोजगार हुन चाहनुमा हामीकहाँ भएको ज्याला न्युन भएर हो जस्तो लाग्दैन तपाईलाई ?

‘डेफीनेट्ली’ । जागिर भन्ने बित्तिकै आफुमा भएको सीपलाई उजागर गर्न समय लाग्ने रैछ । ठेकेदार वा मालिकले दिएको काम गरेपछि दायित्व पुरा हुन्छ । केहि युवाहरु यस्तो काममा आफुलाई संकुचित हुनुपरेको महशुस गर्छन् । सँगसँगै पाईने पारिश्रमिकमा सन्तुष्ट हुँदैनन् । यदि आँफैले काम सुरु गर्ने हो भने उनीहरुले आफुमा भएको सीपलाई तिखार्दै लान्छन् । त्यसपछि उसको त्यहि किसिमको मनग्गे आम्दानी बढ्ने भएको हुनाले स्वभाविक रुपमा आफु पनि सन्तुष्ट भईन्छ । त्यसले गर्दा स्वरोजगार बन्न चाहन्छन् ।

अहिले पनि जागिर पाईएन भन्दै भौतारिने युवाहरुको जमात ठुलो छ  तपाईको विचारमा के साँच्चै जागिर नपाईएकै हो ?

कहिलेकाँहि यो शब्द सुन्दा आँफैलाई कता–कता अप्ठेरो महशुस हुन्छ । अब त्यो काम खोज्ने मान्छेले कस्तो किसिमको जागिर खोजेको हो । त्यसमैं समस्या हो जस्तो लाग्छ मलाई । यदी साँच्चिकै उहाँसँग सीप छ भने आजकालको जमानामा बेरोजगार बस्नुपर्छ जस्तो मलाई लाग्दैन । नेपालको सन्दर्भमा भन्नुपर्दा वैदेशिक रोजगारीका कारणले नेपालमा दक्ष जनशक्तिको अभाव भैसकेको छ । त्यहि अवस्थालाई पुर्ती गर्न पनि धेरै दक्ष युवाको खाँचो छ ।

त्यसो हो भने अबका दिनमा कस्ता सीपमा हात हाल्यौं भने जागिर पाईन्छ ?

प्रविधिको क्षेत्रमा बढी जोड दिनैपर्छ । विश्व जुन किसिमले लम्किरहेको छ त्यहि किसिमले हामी जान सकेनौं भने पछि पर्छौं ।

अन्त्यमा, जागिर खोज्दै हिंडेका युवालाई तपाईको सुझाव के छ ?

मुख्य कुरो काम छैन भन्ने सोच्नुभएन । दोस्रो कुरो आफु कुन लाईनमा अगाडी बढ्न खोजेका छौं त्यसैमा अगाडी बढ्नुपर्यो । आफुलाई ईच्छा लागेको कुनै पनि सीप सिक्नुस । उहाँले खोजेजस्तो काम पाउन नेपालमा गारो छैन । हामी उहाँहरुलाई सहयोग गर्न तयार छौं ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय