दुवईमा काम गर्न आएकी एक महिलालाई बलात्कार

दुवई एक पाकिस्तानी नागरिकले इण्डोनेसियाबाट आएकी एक महिलालाई आफु कम्पनीका तर्फबाट लिन आएको व्यक्ति भएको भन्दै दुवई अन्तराष्टिय विमानस्थलबाट अञ्जान ठाउँमा लगेर बलात्कार गरेका छन् ।

चालकका रुपमा कार्यरत ४२ बर्षिय ति व्यक्तिले ३६ बर्षिया ति महिलालाई विमानस्थलबाट औद्योगिक क्षेत्रको एकान्त ठाउँमा पुर्याएका थिए । उनले बलात्कार पछि आफूसँग राजिखुसीले बस्न समेत धम्क्याएका थिए ।

उनलाई अपहरण, बलात्कार तथा धम्क्याएको अभियोग लागेको छ । ति महिलाका अनुसार उनी अलएनको एक घरमा काम गर्न आएको, आफूले रोजगारदातालाई पर्खिरहेको समयमा ति व्यक्ति आएर आफु रोजगारदाता भएको बताएका थिए । उसले त्यसपछि उनलाई आफ्नो कारमा लिएर गएको थियो ।

त्यसपछि अँध्यारो ठाउँमा पुर्यापछि सो व्यक्तिले आफूले भनेको नमानेमा हत्या गर्ने धम्की दिएर उसले बलात्कार गरेको थियो । त्यसअघि आफुले यौनसम्वन्धका लागि इन्कार गर्दा आफुलाई कुटेको समेत ति महिलाले बताएकी छिन् ।

सो व्यक्तिले त्यसपछि ति महिलालार्ई विमानस्थल नजिकैको एक ठाउँमा उतारिदिएका थिए । एकजना फिलिपिनो नागरिकले ति महिलालाई एक्लै हिंडिरहेको अवस्थामा फेला पारेर प्रहरीसम्म पुर्याइदिएका थिए । ति महिलालाई लिएर गएको प्रहरीले सो व्यक्तिलाई विमानस्थल परिसरबाट पक्राउ गरेको हो ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय