
सोल, कोरिया- कोरियामा एक नेपालीको मृत्यु भएको छ। ४ बर्ष अघि दक्षिण कोरिया आएका रुपन्देही गणेशपुरका रेशम थापाको सोमवार राती हृदयघातका कारण मृत्यु भएको बताईएको छ। दुई सन्तानका पिता ३२ बर्षिया थापालाई ईन्छ्न स्थित कम्पनी नजिकैको कोठामा बसिरहेको बेला हृदयाघात भएपछी उनलाई नजिकैको अस्पतालमा लगिएको थियो। तर उपचारकै क्रममा सोमवार राती १ बजेर ३० मिनेटमा अस्पतालले उनलाई मृत घोषणा गरेको थियो। सोलमा रहेको नेपाली दूतावासले उनको परिवारलाई यसको जानकारी पठाईएको बताइएको छ।