५ जना नेपालीलाई मृत्युदण्डबाट जोगाउन अपिल

काठमाडौं – अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)ले इन्डोनेसियाली सरकारले आइतबार पाँच नेपालीसहित छ जनालाई मृत्युदण्ड दिने निर्णय गरिएकाले उनीहरुको जीवन रक्षाको लागि माग गरेको छ ।

बहर तामाङ, वीरबहादुर गुरुङ, इन्द्रबहादुर तामाङ, नरबहादुर तामाङ र तिलबहादुर भण्डारीलाई मत्युदण्डको सजाय सुनाइएको जनाउँदै इन्सेकका अध्यक्ष सुबोधराज प्याकुरेलले आफ्ना नागरिकको जीवन रक्षाका लागि यथाशीघ्र कूटनीतिक पहल गर्न सरकारसँग माग गरेका छन् ।

सन् २०१३ भन्दाअघि इन्डोनेसियामा कुनै पनि अपराधमा मृत्युदण्ड दिने गरिएको थिएन । हाल आएर पुनः यस्तो दुःखद् अभ्यास सुरु गरिएकामा स्थानीय मानवअधिकार संस्थाहरुले पनि विरोध जनाउँदै आएका छन् ।

आइतबार आफ्ना नागरिकलाई मृत्युदण्ड दिएको घटनाको विरोधमा ब्राजिल र नेदरल्याण्डले आ–आफ्ना राजदूत फिर्ता बोलाइसकेको बताइएको छ ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Custom Fields: