कुवेत सिटी- कुवेतमा एक फिलिपिनो महिला तीन तल्ला माथिबाट हाम्फालेर बाहिर निस्केकी छन् । उनी पाकिस्तानी र श्रीलंकालीले सञ्चालन गरेको एक वेश्यालयमा बन्धक बनाइएकी थिइन् । भाग्ने क्रममा उनको ढाडमा चोट लागेको छ र उनलाई अस्पताल भर्ना गरिएको छ ।
४१ बर्षिया ति महिलाले आफूलाई बन्धक बनाएर यौन कार्यमा जवर्जस्ती लगाइएको बताएकी छिन् । उनी सन् २०१३ मा कुवेत आएकी थिइन् । उनी घरेलु कामदारका रुपमा काम गर्न आएको प्रहरीलाई बताइकी छिन् ।
झण्डै डेढ बर्ष काम गरिसकेपछि उनले अर्की एक फिलिपिनो महिलालाई भेटेकी थिइन् जसको नाम लिजा भएको बताइएको छ । उनले ति महिलालाई घरेलु काम छोडेर बाहिर निस्केमा एक कफि बेच्ने पसलमा जागिर लगाइदिने आश्वासन दिएकी थिइन् ।
उनी राजी भएपछि एक पाकिस्तानी नागरिकलाई ति महिलाले उनलाई फोनमा कुरा गराइदिएकी थिइन् जसलाई सो कम्पनीको म्यानेजर भनेर चिनाइएको थियो । त्यसपछि ति महिलालाई तत्काल भेट्न दवाव दिइएको उनले बताएकी छन् ।
गत बर्षको डिसेम्वर ८ तारिखका दिनमा ति व्यक्तिलाई भेट्न पुुग्दा ति पाकिस्तानीे एउटा रुमाल उनको अनुहारमा लगाइदिएको र त्यसपछि आफू बेहोस भएको उनले बताएकी छिन् । ट्याक्सीमा हालेको सम्म आफूले केहि थाहा पाएको र त्यसपछि आफू व्यूँझदा तीनजना व्यक्तिले मलाई घेरेर राखेको उनले बताइन् । त्यसपछि तिनिहरुले मलाई बलात्कार गरे उनले भनिन् ।
त्यसपछिका दिनमा दैनिक धेरै व्यक्तिसँग यौन सम्पर्क राख्न आफूलाई बाध्य बनाइएको र कोठामा अर्की एक इण्डोनेसियाली महिलालाई पनि त्यसरी नै राखिएको उनले बताएकी छिन् । फोनमा सुनेको कुराका आधारमा अरु धेरै ठाउँमा सो समुहले यसरी नै गोप्य रुपमा बेश्यालय सञ्चालन गरेको उनले प्रहरीलाई बताइन् ।
अहिले कुवेतको सरकारी निकायले फिलिपिन्सको दुतावाससँग मिलेर घटनाका दोषिलाई पक्राउ गर्ने प्रयास गरिरहेको अल अरब टाइम्सले खवर लेखेको छ ।