विपन्न विद्यार्थीका लागि अक्षयकोष स्थापना गरिंदै

दिल बहादुर रानाभाट, दोहा- तनहुँ सेवा समाज कतारले एसएलसीमा सर्वोत्कृष्ट अङ्क ल्याउने विपन्नवर्गका जेहन्दार विद्यार्थीहरुका लागि अक्षयकोष स्थापना गर्ने उद्धेश्यले कतारमा चिट्ठा कार्यक्रम गरेको छ । संस्थाले जिल्लामा १ लाखको अक्षयकोष स्थापना गर्ने लक्ष्य लिएको छ ।

चिट्ठाको नतिजा तथा सन् २०१५ को शुभकामना आदान प्रदान कार्यक्रम दोहामा सम्पन्न भएको छ । सो अवशरमा कार्यक्रमका प्रमुख अतिथी गैर आवासिय नेपाल संघ कतारका अध्यक्ष मक्सुद अलामले जिल्लाका विपन्न वर्गका विद्यार्थीहरुका लागि प्रवासमा यसरी रकम संकलन गरिनु सह्रायिन काम भएको बताए । उनले कतारमा स्थापित सबै संघ संस्थाहरुले यसरी नै आ–आफ्नो क्षेत्रमा सहयोग गरि प्रवासबाट समाजको हितका लागि अगाडी बढ्नु पर्ने बताए ।

कार्यक्रममा विषेश अतिथी युवा समाजसेवी ईश्वर काफ्लेले तनहुँ सेवा समाजले विगत लामो समय देखी परोपकारी कार्यक्रम गर्दै आईरहेको र आफु संलग्न हुने गरेको बताए । संस्थाका संस्थापक सदस्य भिम बहादुर थापाले संस्थाले विगतमा गरेका कामको स्मरण गर्दै आगामी दिनहरुका पनि संस्थालाई मजबुत गर्दै लैजानु पर्ने बताए ।

संस्थाका सल्लाहकार, एनआरएनए कतारका युवा संयोजक तथा प्रेस चौतारी कतारका अध्यक्ष नवराज बिकले संस्थाले विभिन्न सामाजिक काम गर्दै आएको र अझ मजबुत र सशक्त बनाउदै लानु पर्नेमा जोड दिए । संस्थाका सल्लाहकार करिम बक्स मियाँले तनहुँ सेवा समाज नितान्त सामाजिक संस्था भएकाले संस्थालाई राजनितीकरण गर्न नहुने बताए ।

संस्थाले ३ महिना अघि शुरु गरेको चिठ्ठा अन्तर्गत आँशु पाण्डेले प्रथम पुरस्कार स्वरुप ल्याप्टप प्राप्त गरे । यसैगरी राजिव यादवले दोश्रो पुरस्कार स्वरुप एलईडी टिभी प्राप्त गरे भनें तेश्रो पुरस्कार का रुपमा डिजिटल क्यामरा अविदल बस्नेतले प्राप्त गरे ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Custom Fields: