कुवेतीको घरबाट निर्घात कुटाई र जलेको अनुहार लिएर भाग्दै दुतावासमा

कुवेत सिटी- निर्घात कुटिएकी, झुल्सियाइएको अनुहार र मानसिक यातनाले आक्रान्त एक भारतीय घरेलु कामदार महिला भागेर दुतावासको शरणमा पुगेकी छिन् । उनको नाम येला ज्योति भएको बताइएको छ ।

निक्कै दयनिय अवस्थामा उनी भागेर गुहार माग्दै भारतीय दुतावासमा पुगेकी थिइन् । उनले आफुलाई रोजगारदाताले चरम मानसिक यातना दिएको, कुटपिट गरेको र तातो आइरनले डामिएको लिखित उजुरी दुतावासमा दिएकी छिन् ।

ज्योतीका अनुसार उनी दुईवर्ष अघि सो घरमा कम गर्न पुगेकी थिइन् । पहिलो ५ महिना उनले भाषा नबुझेर नै हैरानी खेप्नु पर्यो । घरकी मालिक्निले उनलाई लगातार गाली गर्दथिन् भनें परिवारका अन्य सदस्यले दुव्र्यवहार गर्दथे । उनलाई सुरुवाती दिनमा खान समेत नदिइएको उनले बताएकी छिन् ।

उनले आफूलाई पटक पटक तताएको आइरनले डाम्ने गरिएको र एकपटक घाँटी थिचेर मार्न खोजिएको समेत बताएकी छिन् । कुटाइ खाँदा खाँदा त्यसमा आफु अभ्यस्त भइसकेको ज्योतीले बताएकी छिन् । उनलाई कैदीलाई जस्तै गरी राखिएको थियो ।

उनी काम गर्ने घर बाहिर चारवटा पर्खाल रहेको र ज्योतीलाई ति पर्खाल बाहिर जाने अनुमति दिइएको थिएन । उनी भाग्ने र ति घरमालिक विरुद्ध उनले उजुरी दिने शंकाका आधारमा ज्योतीलाई फोहोर फाल्न घर बाहिर निस्कन अनुमति दिइएको थिएन ।

‘एक दिन जव मेरो म्याडम(घर मालिक्नि) ले मुख्य गेटमा ताल्चा लगाउन बिर्सिइन् मैले भाग्नका लागि मौका पाएँ । अनी भागेर बाहिर निस्केर एकजना बटुवाको सहयोगमा दुतावास आइपुग्न सफल भएँ’ ज्योतीले भनिन् ।

दुतावासले छलफलका लागि बोलाउँदा ति घरमालिकले उल्टै प्रहरीमा भागेको भनेर उजुरी गरिदिने धम्की दिए । दुतावासले पनि कानूनी प्रकृयामा जाने बताएपछि ति व्यक्तिले उनको पासपोर्ट तथा भारत फर्किने एकतर्फी हवाई टिक दिए पनि बाँकी तलव भनें दिन अस्वीकार गरेका छन् ।

तपाईको विचार लेख्नुहोस्

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय